नियमित अदुवा सेवनका यस्ता छन् फाइदा

अदुवा नेपाली भान्सामा नियमित मसला हो । यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइदैन । यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्याउने विज्ञहरू बताउँछन् ।
अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ । आयुर्वेदमा यसको प्रयोगको इतिहास लामो रहेको छ ।
अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्याबाट बचाउँछ । यसले जोर्नीहरू सुन्निने समस्यालाई पनि कम गर्छ । यति मात्र नभएर यसको क्यान्सर तथा मुटुरोगविरुद्ध पनि औषधीय गुण रहेको छ साथै मस्तिष्कको कार्यमा पनि यसले बुस्टरको काम गर्छ ।
अदुवा सेवनका फाइदाहरू
– शरीर सुन्निएमा चाँडो सुकाउने,
– अपच हुने समस्या हटाउँछ,
– बिहान लाग्ने वाकवाकी हटाउँछ,
– मांशपेसीको दुखाई कम हुन्छ,
– महिनावारीको दुखाई कम गर्छ,
– कोलेस्टेरोललाई सन्तुलन गर्न मद्दत गर्छ,
– प्रतिरोधात्मक क्षमता बढाउँछ ।
तपाईँको अभिमत