संसार हेर्ने नजर बदल्ने नेपालका ५० महिलाको सूचीमा डा.सरीता श्रेष्ठ

काठमाडौं । “सन्तान नहुनेहरुलाई निःसन्तान भनेको मलाई पटक्कै मन पर्दैन । सन्तानको चाहना भएका दम्पतिलाई मैले आयुर्वेद उपचार पद्धतीबाट सन्तानको सुख दिलाएको छु । मेरो अधिंकास समय आयुर्वेदमा नै बित्यो, मलाई आयुर्वेदले नै चिनारी गरायो अनि खुशी र गौरवान्वित पनि आयुर्वेदले नै बनाएको छ ।”
उहाँले भन्नुभयो, ‘मलाई यही आयुर्वेदले नै विश्वभर चिनायो ।’ आयुर्वेद स्त्रीरोग तथा प्रसुती विशेषज्ञ डा.सरीता श्रेष्ठ भन्नुहुन्छ, ‘म आयुर्वेदलाई निकै माया गर्छु ।’ डा.सरीता श्रेष्ठ, जसलाई पश्चिमी मुलुकमा आयुर्वेदकी आमा भनेर पनि चिनिन्छ । उहाँले सन्तान नभएका दम्पतीहरुलाई आयुर्वेद उपचार पद्धतीबाट सन्तानको सुख दिनु भएको छ । सन्तान नभएर निराश भएर बसेकाहरुलाई खुशी दिनुभएको छ । मैले सम्झेसम्म आयुर्वेद पद्धतीबाट ६० दम्पतीलाई सन्तानको चाहना पुरा गरेको छु, यसै वर्ष ५ जनालाई आमाबाबु हुन रहर पुरा गरेँ ।
यसरी संघर्ष गरेर संसारलाई फरक तरिकाबाट चिनाउन सफल भएको भन्दै संसार हेर्ने नजर बदल्न सक्छन् भन्ने विधाको सूचीमा राखेर उहाँको जीवनकथालाई फिप्टी वुमेन फ्रम नेपाल नामक पुस्तकमा प्रकाशित गरीएकाे छ ।
३ वर्ष अगाडि नोमिनेशनमा पर्नुभएकी उहाँ नेपालका ५० महिलामा छनौट हुनुभएको छ । ५० महिला जसले संसार हेर्ने नजर बदल्न योगदान पुर्याए । डा.सरीता भन्नुहुन्छ, ‘आयुर्वेद मेरो सबथोक हो ।’ उहाँ नेपालकै पहिलो एमडी आयुर्वेद महिला डाक्टर हुनुहुन्छ । आयुर्वेद कलेजमा भर्ना हुन जाँदा उहाँलाई खिस्सी पनि गरियो । डा.सरीता सम्झनुहुन्छ, ‘भर्ना हुन जाँदा एउटा केटी मान्छेले आयुर्वेद पढ्न सक्दैन,धेरै गाह्रो छ । संस्कृत साइन्स पढ्नुपर्छ केटीले पढ्दैनन् यस्तो अप्ठेरो विषय भनेर मलाई क्याम्पस प्रमुखले नै भन्नुभयो । क्याम्पस प्रमुखको त्यस्तो अभिव्यक्तिले म दुखी भए, मैले त्यहीबेला संकल्प गरे आयुर्वेद पढेरै छाड्छु, पढेरै देखाउँछु ।’ त्यही संकल्पले आज उहाँलाई विश्वभर चिनाएको छ ।
वि.स.२०३७ देखि आयुर्वेद चिकित्सामा लाग्नुभएकी उहाँले अमेरिकामासमेत आयुर्वेदको अध्यापन गराउनुहुन्छ । नेपालमा आयुर्वेदको प्रारम्भिक चरणको अध्ययन गर्नुभएकी उहाँले भारतबाट नै एमडी सकाउनुभएको थियो ।

तपाईँको अभिमत