बढ्दो उमेरसँगै दिमाग र मुटुलाई स्वस्थ राख्न डिनरपछि १५ मिनेट हिँड्न जरूरी
४५ वर्षको उमेरपछि हाम्रो शरीरमा कयौ्ँ किसिमका परिवर्तन सुरु हुनथाल्छ । सबैभन्दा ठूलो असर छाला, स्वास्थ्य र क्षमतामा पर्न जान्छ । यस किसिमका असरमा कपाल पातलो हुनु, दाँतमा खराबी आउनु, हड्डी कमजोर हुनु, पुरुषहरुमा टेसेस्टेरोनको स्तरमा कमी, मेटाबोलिजमको गती घट्नुका साथै मुटु पनि कमजोर हुनथाल्छ ।
महिलामा यो अवस्थालाई मेनोपना भनिन्छ । शरीरमा हुने यो नकारात्मक परिवर्तलाई पौष्टिक खानपान र कसरतको सहयोगबाट धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । ४५ वर्षपछि कोषिकाको क्षयीकरण छिटो हुन जान्छ । हड्डीको घनत्व घट्न थाल्छ । शरीरमा पानीको मात्राा कम हुन थाल्छ ।
यो उमेरपछि उचाई प्रत्येक १० वर्षमा लगभग १ सेमीले घट्न थाल्छ । धड्कन ६० बीट प्रति मिनेट भन्दा कम हुन जान्छ । प्रत्येक दशकपछि रक्तचापको क्षमता पनि ५ देखि १० प्रतिशतसम्म कम हुन जान्छ । २५ को उमेरमा मुटुले २.४ लिटर रगत पम्प गर्छ । जबकी ४५ को उमेरमा घटेर २ लिटरमा सीमित हुन जान्छ । आरामको अवस्थामा क्यालोरी बर्न हुन्छ । यसलाइै आरएमआर भनिन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत