'आफू भन्दा ठूलालाई अपमान गर्दा मानसिक रोग लाग्छ'(भिडियो)
आफूभन्दा मान्यजनलाई अपमान गर्दा पनि मानिसक रोग लाग्ने आयुर्वेद मनोचिकित्सक डा.प्रभाकर मनु बताउनुहुन्छ। हेल्थपाटीसँगको कुराकानीमा डा.प्रभाकरले गुरु तथा मान्यजनलाई अपमान गर्दा पनि मनोरोग लाग्नसक्छ भन्ने कुरा आयुर्वेद शास्त्रमा रहेको जानकारी दिनुभएको छ।
'यदि आफ्नो कुल देवता, इष्ट देवता वा आफू भन्दा गुरु तथा ठूला बडालाई अपमान गर्यो भने त्यसले पनि मनोरोग आउँछ भनेर आयुर्वेद शास्त्रमा भनिएको छ' डा.प्रभाकर भन्नुहुन्छ।
त्रिदोषका कारणले मनोराग उत्पति हुन्छ भन्ने कुरा आयुर्वेदले भनेको उहाँ बताउनुहुन्छ ।
आयुर्वेदले मनोरोगलाई कसरी हेर्छ भन्ने बारेमा आयुर्वेद मनोचिकित्सक डा.प्रभाकर मनुसँग हेल्थपाटीका लागि जगन्नाथ ढकालले गर्नुभएको कुराकानी
मनोचिकित्सामा आयुर्वेदको दृष्टिकोणबारे डा.मनुले दिनुभएको जानकारी:
त्रिदोष भनेको के हो ?
पञ्च तत्वले शरीर बनेको छ । यसले शरीरका अंग प्रत्यंग निर्माण हुने हुन्छ । साम्य अवस्थामा रह्यो भने शरीरलाई वर्द्धन, पोषण गर्ने हुन्छ । पञ्च तत्व विषम अवस्थामा भयो भने, कम र बढी अवस्थामा भयो भने यो रोग उत्पादकको कारण बन्छ भनिएको छ।
यिनीहरुले रोग पनि उत्पादन गर्न सक्छ । आफू भन्दा ठूला बढालाई सम्मान दिने कुरालाई सत्वृत्त भनिन्छ । त्यसमा देव, गुरु २ जना भनिएको छ । यदि आफ्नो कुल देवता, इष्ट देवता वा आफू भन्दा गुरु, ठूला बडालाई अपमान गर्यो भने त्यसले पनि मनोरोग आउँछ भनेर आयुर्वेद शास्त्रमा भनिएको छ।
वात, पित्त, कफ लाई अध्याधिक मात्रामा बढाउने खालको आहार, विहार गर्नुभयो भने त्यसले पनि रोगहरू विकृत भएर मनोरोग हुन्छ भन्ने कुरा आयुर्वेद शास्त्रमा भनिएको छ।
मानसिक प्रकृति अल्पसत्वको छ भने । कुनैपनि सानो रोग लाग्दा पनि धेरै चिन्तित हुने समस्या छ भने त्यसले पनि मानसिक रोग बढाउँछ भनिन्छ।
वात, पित्त, कफ भनेको के हो ?
वात गुणलाई बढाउनेमा कार्यमा धेरै यात्रा गर्नु, रात्रीमा धेरै समय जागा रहनु, कामेक्षा, धेरै भयो । यौन क्रियाकपाल धेरै गर्यो भने शोकको अवस्था भयो भने वातवृद्धि हुन्छ।
पित्त किन बढ्छ भन्दा धेरै रिसायो भने, धेरै पिरो, धेरै चिल्लो तथा तिष्ण खालका खाना खाएमा यसले पित्त बढाउछ भन्ने छ।
एकै ठाउँमा बसिरहने, चिसो खाद्य पदार्थ खाने गर्दा कफ वर्द्धन (बढ्ने) हुन्छ । पचाउन समय लाग्ने खानाले पनि कफ वर्द्धन हुन्छ भन्ने कुरा आयुर्वेद शास्त्रले गरेको छ।
यस्ता खानाको अध्याधिक सेवन नगर्नू भनेर आयुर्वेद शास्त्रले भन्छ । आयुर्वेद शास्त्रले ‘अष्ठ आहार विधि विशेषायतन’ भनेको छ ।
एउटा यसको छुट्टै अध्याय छ । यसमा कसरी खाने, कति मात्रामा खाने, कति चपाउने, कति पानी खाने ? जस्ता निर्देशनहरू दिइएको छ।
कुन उमेर समूहका बढी मानसिक बिरामी छन् ?
हामी कहाँ उपचारमा आउने युवा पुस्ताका बिरामी अलि बढी छन् । उहाँहरू पेशा, करिअर, शैक्षिक करिअर जस्ता कुरामा बढी तनावग्रस्त हुने, परिवारलाई पनि हेर्नुपर्ने कुनै आन्तरिक सम्बन्ध जस्ता विषयलाई लिएर धेरै तनावमा रहेको देखिन्छ।
कोभिडपछिको अवस्थामा एन्जाइटीको अवस्थामा बढेको कुरा विश्वव्यापी रुपमा आएको छ
किन मानसिक समस्या बढेको होला ?
कुनैपनि व्यक्तिको अपेक्षा हुन्छ । जब अपेक्षा पूरा भइरहेको हुँदैन । तब एन्जाइटीको लेभल बढेको हुन्छ।
जस्तो कि हाम्रो उमेरको साथी विदेश गइसक्यो। धेरै पैसा कमाइसके, म यही अवस्थामा छु भनेर सोचिरहँदा पनि मानसिक धेरैलाई समस्या हुन्छ। यी कुराहरू ५० वर्ष अगाडि थिएन । न कोही धेरै जना विदेश गएका थिए, न यति धेरै पढेलेखेका थिए। यसले पनि केही न केही मानसिक समस्या बढाइरहेको छ। पाश्चात्य सभ्यतालाई अंगाल्दा मानसिक समस्यासँग बढी जुध्नु परेको छ।
पहिला आहार विहार शुद्ध थियो। हामीलाई गाडी चढ्ने वा धेरै यात्रा गर्ने बानी थिएन। शुद्ध खान्थ्यो, शुद्ध पढ्थ्यौँ, शुद्ध लेख्थ्यौँ।
अहिले खानपान ठिक छैन। धुम्रपान, मध्यपानको अवस्था नै हेरौँ। फास्टफुडको पसलमा जाँडरक्सीको उपलब्धता धेरै भइसक्या छ। पहिला त्यसरी थिएन।
हाम्रो जीवनशैली जति फास्ट भयो त्यति मानसिक समस्या बढेको छ। हामी वरिपरिको वातावरणीय परिस्थिति पनि मानसिक रोगका लागि जिम्मेवार छन्।
भिडियो
हेल्थपाटी
तपाईँको अभिमत