अङ्ग्रेजी राम्रो नजाने पनि नर्सिङ पढ्न सकिने रहेछ (भिडियो)
काभ्रे मण्डनदेउपुरकी रजनी तामाङ प्रवीणता प्रमाणपत्र तह(पीसीएल) नर्सिङ तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँले कक्षा १ देखि १० सम्म गाउँमै पढ्नुभएको हो । पढाइ राम्रो भएकाले प्राविधिक शिक्षा लिन विद्यालयका शिक्षकले प्रेरणा दिनुहुन्थ्यो।
अन्य विषयमा अब्बल भएपनि अंगेजी भाषामा भने उहाँ कमजोर हुनुन्थ्यो। घरको आर्थिक अवस्था कमजोर अनि अंग्रेजी भाषामा राम्रो दखल नभएकाले लाखौँ खर्चेर नर्सिङ पढ्न सक्छु भन्ने कल्पनासमेत गर्नुभएको थिएन रजनीले।
नर्स पढ्छु भन्दा बुबा आमाले सकिँदैन भन्नुहुन्थ्यो । आफ्नो सपनामा साथ नदिएको भनेर त्यो बेला आमाबुबा देखि रीस पनि उठेको थियो । तर बुबाआमाले किन त्यसो भन्नुभएको रहेछ भनेर अहिले बुझिसक्नुभएको छ । पैसा कमाउन कति गाह्राे हुने रहेछ भनेर बल्ल थाहा पाउन थालेको उहाँ बताउनुहुन्छ।
बुबाआमाकी कान्छी सन्तान रजनी अहिले १९ वर्षको हुनुभयो । उहाँका ३ दाजु र २ जना दिदी हुनुहुन्छ।
नर्सिङ पढ्नु पाउनुमा आमाको हौसला धेरै रहेको उहाँ सुनाउनुहुन्छ। सरकारी स्कुल पढ्नुभएकी रजनीलाई सुरु-सुरुमा नर्सिङ विषय पढ्न निकै गाह्राे भयो ।
अङ्ग्रेजी भाषामा खासै दखल नभएकाले उनर्सिङ पढ्न कठिन भएको थियो । टर्मिनोलोजी बुझ्नै सकस थियो । शिक्षकले अङ्ग्रेजी भाषा राम्रो जानिएन भन्दैमा हरेस नखाऊ भनेर हौसला दिनुभयो । नर्सिङ पेशा मानिसको जीवनसँग डिल गर्ने पेशा भएकोले अङ्ग्रेजी भाषा जान्नैपर्छ भन्ने उहाँको अनुभवले प्रष्ट पारेको छ ।
बुबाले सिकर्मी र आमाले सिलाइबुनाइकाे काम गरेर कमाएको पैसाले अहिले पनि उहाँको परिवारलाई दैनिकी निर्वाह गर्न मुस्किल छ ।
रजनीलाई गाउँ जाँदा निकै खुशी लाग्छ । गरिब परिवारबाट पनि नर्सिङ पढ्न सक्छन् भन्ने परिवारको आशा, भरोसा र विश्वासलाई टुट्न नदिन डटेर लागिरहेको उहाँ बताउनुहुन्छ।
रजनीका अनुसार छिटै विवाह गर्ने, उच्च शिक्षातर्फ खासै ध्यान नदिने चलन उहाँको गाउँका तामाङ समुदायमा छ। आफू नर्स हुन पाएकोमा एकदमै खुिफ लागेको बताउनुहुन्छ । उचित तलब र सम्मान नपाएकाले नर्सहरू विदेसिइरहेकोमा उहाँ दुखी हुनुहुन्छ ।
रजनी तामाङलाई नर्स बन्न किन रहर लाग्यो, उहाँको नर्सिङ शैक्षिक यात्रा, यो यात्रामा प्रवेश गर्दा भोग्नुरेका संघर्षबारे हेल्थपाटीका लागि तुलसा घिमिरेले गर्नुभएको कुराकानी :
तपाईँको अभिमत