रगत अभाव भएको छ ? यी स्थानबाट लिन सकिन्छ
मुलुकका विभिन्न स्थानमा भइरहेको प्रदर्शनका क्रममा घाइते भएका नागरिकलाई तत्काल रगत तथा रगतका तत्व आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आपतकालीन सूचना जारी गरेको छ।
प्रयोगशालाले घाइतेहरूलाई राति–राति समेत रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीका शाखा तथा अस्पतालमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरेको जनाएको छ।
प्रयोगशालाले उपलब्ध गराएअनुसार, काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्र (सम्पर्क नम्बर ९८४२८७९२२६), थापाथलीस्थित प्रसूति तथा महिला अस्पताल (९८४१२७१५१०), भक्तपुर शाखा (९८४१०४००००) र ललितपुर शाखा (०१५४२७०३३) बाट आवश्यक रगत उपलब्ध गराइनेछ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रयोगशालाले नागरिकलाई कुनै पनि आपतकालीन अवस्थामा सोही सम्पर्क नम्बरमार्फत सिधै सम्पर्क गर्न र रगत आवश्यक परेमा ढिलाइ नगरी जानकारी लिन आग्रह गरेको छ।
हेल्थपाटी
तपाईँको अभिमत