वयस्कहरूमा कोभिडको उपचार र विधि
वर्तमान समयमा, कोरोना भाइरस रोग कोभिड - १९ एक वैश्विक महामारी बनेको छ । नेपालको हालको अवस्था अनुसार अस्पतालहरू कोभिडका बिरामीहरूले भरिएका छन्। अस्पताल, स्वास्थ्य सुविधा, जनशक्ति र औषधिहरूको अभावले यो समस्या झनै जटिल बनाएको छ ।
कोरोनाको उपचारका लागि औषधि बनेको छैन । संक्रमितको उपचारमा चिकित्सकहरुसँग यो औषधिले हुन्छ कि त्यो औषधिले हुन्छ की भनेर प्रयोग गर्नुको विकल्प नरहेको अवस्था छ ।
चिकित्सकहरूमा निराशा छ कि कोभिड बिरामीहरूको उपचार वा रोकथाम कसरी गर्ने ? किनकी यसका लागि वर्तमानमा कुनै प्रमाण–आधारित मार्ग निर्देशनहरू छैनन् । “२०२० को शुरुमा सर्वसम्मति सिफारिसमा जानु उचित थियो, तर बितेको बर्षमा इतिहासले हामीलाई प्रमाणित गरेको छ कि उत्तम मनसायको बाबजुद, बेतरतिबीक क्लिनिकल परीक्षण प्रमाणबिना हामी गलत दिशामा जान सक्छौं,“।
अब हामी पहिलाको जस्तो गर्न सक्दैनौं, हामीलाई उत्तरहरू चाहिन्छन् र प्रमाणको आधारमा काम गर्न आवश्यक छ । अबको दिनमा यो अनुभवजन्य उपचार उचित छैन । हामीले संसारका बिभिन्न अध्ययनबाट पाएका प्रमाणको आधारमा बिरामीहरूको उपचार गर्न आवश्यक छ ।
यहाँ म कोभिड निदानको लागि गहिराइमा जाने छैन । यस लेखको उद्देश्य कोभिड बिरामीहरूको उपचारको चरण अनुसार प्रमाणहरूको आधारमा केहि द्रुत दिशानिर्देशहरू प्रदान गर्नु हो ।
यद्यपि, प्राय जसो हल्का र मध्यम लक्षणका बिरामीहरू छिटोनै निको हुन्छन्, तर २०% त्यस्ता बिरामीहरूले अझै खतरनाक मोड लिन सक्ने जोखिम छ । यहाँ म एक चिकित्सकको नाताले कोभिडले कसरी शरीरका अंगहरुलाई क्षति पुर्याउँछ र बिरामीको उपचार गर्दा लिनुपर्ने सावधानीबारे पनि केही लेख्दैछु ।
सैद्धान्तिक दृष्टिकोणबाट, काेभिडलाई रोगको गम्भीरता अनुसार तालिकित गरिएको छ। यद्यपि, रोगको प्रगति दृष्टिकोणबाट र यसलाई बुझ्न सजिलो बनाउनको लागि, यहाँ मैले प्रारम्भिक र ढिलो चरणमा विभाजित गरेको छु।
हल्का लक्षणहरू
इमेजिंगमा निमोनियाको कुनै चिन्ह छैन
मध्यम : निमोनिया ज्वरो र श्वासप्रश्वासका लक्षणहरूको रेडियोलोजिकल प्रमाणहरू
गम्भिर : अक्सीजनको लेभल ९२ प्रतिशतभन्दा तल हुनु
अक्सीजनको धमनी आंशिक दबाव (PaO2) / प्रेरित अक्सीजनको अंश FiO2 ≦ 300 mmHg (l mmHg = 0.133 kPa)
२४ - ४८ घण्टाभित्र छाती इमेजिंगमा ५० प्रतिशत निमोनिया भएमा,
नाजुक : श्वासप्रश्वास विफल र मेकानिकल भेंटिलेशनको आवश्यकता शक र अंग विफलताका साथ आईसीयू हेरचाहको आवश्यकता पर्दछ ।
कोभिडका चरणहरु
प्रारम्भिक चरण
कोभिडका धेरै बिरामीहरु एसिम्प्टोमेटिक अथवा लक्षण विहिन हुन सक्छन् वा हल्का देखि मध्यम रोग संग प्रस्तुत हुन सक्छन् । ज्वरो, खोकी, र थकान यस रोगको शुरुवातको प्रमुख लक्षणहरू हुन् । माथिल्लो श्वास नलीको लक्षणहरू विरल हुन्छन । अन्य लक्षणहरूमा पेटको लक्षण जस्तै डाईरिया, कब्जियत, हिचकी र भोक नलाग्ने हुन सक्छ ।
यो प्रारम्भिक चरण ३–५ दिनसम्म रहन सक्छ । यो त्यस्तो चरण हो जहाँ भाइरसको संख्या द्रुत रूपमा बृद्धि हुन्छ र समय बित्दै जाँदा भाइरल लोड स्तर बढ्छ । किनकि प्रारम्भिक चरणका धेरैजसो बिरामीहरू घरमा अलग्गै बस्छन्, यस कारणले रगतमा अक्सीजनको मात्रा नाप्नका लागि पल्स अक्सीमिटर प्रयोग गर्ने सल्लाह दिइन्छ । यसलाई घर हेरचाहको अन्य पक्षहरूसँग समन्वय गर्न आवश्यक पर्दछ, जस्तै बिरामी र हेरचाह प्रदायकको लागि शिक्षा र बिरामीको नियमित अनुगमन ।
ढिलो चरण
यदि रोगको शुरुवाती चरणमा उपचार भएन भने, यो गम्भीर वा नाजुक अवस्थामा परिणत हुन्छ कोभिडको ढिलो चरण भाइरल लोड र भाइरसको लागि शरीर प्रतिरक्षा प्रतिक्रियाको परिणाम हो, अर्थात् हाइपर–इन्फ्लेमेटरी अवस्था 'साइटोकाइन आँधी '।
उपचार विधि
प्रारम्भिक चरणमा ज्वरो र खोकी जस्ता लक्षणात्मक उपचार बाहेक, शरीरबाट भाइरल क्लीयरन्स उपचारको मुख्य उद्देश्य हुनु पर्छ। किनकि रोगको शुरुवात चरणमा भाइरसको संख्या द्रुत रूपमा बृद्धि हुन्छ, त्यसैले एन्टिभाइरल औषधिहरू प्रयोग गर्नका लागि यो सबै भन्दा उपयुक्त चरण हो । एन्टिभाइरलबाहेक, स्टेरोइड, एन्टिकोगुलेन्ट र एन्टिबायोटिक जस्ता अन्य औषधिहरूको प्रयोग तल छलफल गरिएको छ । थप रूपमा, भिटामिन सी, भिटामिन डी र जिंक जस्ता सहयोगी उपचार पनि सुरु गर्न सकिन्छ ।
एन्टिभाइरल औषधिहरू
रेम्डेशिभिर– रेम्डेशिभिर एक मात्र खाद्य र औषधि प्रशासन–अनुमोदित औषधि हो।
पहिलो दिन IV २०० मिलीग्राम १०० मिलीग्राम छ दिनसम्म हल्का देखि मध्यम बिरामीहरूको लागि र १० दिन गम्भीर वा नाजुक बिरामीहरूको लागि ।
अन्य एन्टीभाइरल्सहरू यदि रेम्डेशिभिर उपलब्ध छैन भने IFN -a2b एयरोसोल १० एमआईयू/दिन लागि १४ दिनको लागि
वा उमिफेनोभिरर २०० मिलीग्राम दिनमा ३ पटक, १४ दिनको लागि वा उमिफेनोभिर IFN–β1b -SC_ 0=3 मिलीग्राम एक पटक
वा
सोफोसबुभिर/डैक्लात्सभिर (४०० मिलीग्राम सोफोसबुभिर तथा ६० मिलीग्राम डैक्लात्सभिर) दिनमा एक पटक, १४ दिनको लागि
वा
सोफोसबुभिर/ डैक्लात्सभिर (४०० मिलीग्राम सोफोसबुभिर तथा ६० मिलीग्राम डैक्लात्सभिर) दिनमा एक पटक, १४ दिनको लागि
वा लोपीनाभिर – रीटोनाभिर (लोपिनविर ४०० मिलीग्राम र रितोनाभिर १०० मिलीग्राम) दैनिक दुई पटक, १४ दिनको लागि
संयोजनहरू
१.IFN–α2b एयरोसोल + उमिफेनोभिर
२.IFN–β1b -SC_ + सोफोसबुभिर/डैक्लात्सभिर + लोपीनाभिर – रीटोनाभिर
नोट : सबै बिरामीहरू मा एन्टिवाइरल औषधिहरू प्रयोग गर्दा लिभर फङशन र किडनी फङशन नियमित अनुगमन गर्न महत्वपूर्ण छ। औषधिको संयोजन बिरामीको अवस्थाको आधारमा प्रयोग गरिनु पर्दछ ।
इभेरमेक्टिन र हाइड्रोक्सीक्लोरोक्विन जस्ता औषधिहरू प्रयोग गर्नु हुँदैन, किनभने यसको प्रभावकारिता प्रमाणित गर्न कुनै प्रमाण प्रकाशित छैन। अन्य एन्टिवाइरल जस्तै एसाइक्लोभिर प्रयोग गर्न सकिन्छ यदि माथिका कुनै पनि औषधिहरू उपलब्ध छैनन् भने । ८०० मिलीग्राम दिनमा ५ पटक, १४ दिनको लागि)।
स्टेरोइड प्रयोग गर्ने र कहिले सुरु गर्ने ?
कोभिडका बिरामीहरुमा स्टेरोइड एक एन्टिइन्फ्लामेट्रिको रुपमा प्रयोग गरिन्छ । धेरै जसो कोभिडको बिरामीहरुमा साइटोकाइनको मात्रा बढेको हुन्छ, त्यसैले स्टेरोइडले साइटोकाइनको मात्रा घटाउनमा मद्दत गर्दछ ।
यद्यपी कोभिडका बिरामीमा हाइड्रोकटिसोनको प्रत्येक १० मिलिग्राम बराबरको डोजमा बृद्धिले थप ४ प्रतिशत मृत्यु दरको जोखिम छ । यसैले, स्टेरोइडको डोज ४ देखि ६ मिलिग्राममा डेक्सामेथासोन बराबरको खुराकको बीचमा राख्न जरुरी छ ।
स्टेरोइड मोनोथेरापीको (एक्लै) रुपमा प्रयोग गर्नु हुँदैन । किनकि सैद्धान्तिक रुपमा स्टेरोइडले भाइरल क्लियरेन्स ढिलो गर्न सक्दछ । त्यसैले, स्टेरोइडलाई एन्टिभाइरल औषधिसँग दिनु जरुरी छ । यसबाहेक, स्टेरोइडसँग एन्टिबायोटिक औषधिको प्रयोग पनि त्यत्तिकै नै जरुरी छ । किनकि स्टेरोइड एक इम्यून्सप्रेसेम्ट औषधि हो र यसले थप व्याक्टेरियल संक्रमण गराउन सक्छ ।
डोज
इन्जेक्सन डेक्सामेथासोन ६ मिलिग्राम IV १० दिनको लागि, यदि डेक्सामेथासोन उपलब्ध छैन भने प्रेडनिसोन ४० मिलिग्राम वा
मेथायल प्रेड्निसोलोन ३२ मिलिग्राम वा हाइड्रोकटिसोन १६० मिलिग्राम १० दिनको लागि प्रयोग गर्न सकिन्छ ।
किन एन्टिकोगुलेन्ट सुरु गर्ने र कहिलेसम्म प्रयोग गर्ने ?
निमोनिया—प्रेरित खास विफलताको बाहेक थ्रोम्बोटिक कार्डियोभास्कुलर जटिलता कोभिड १९ का बिरामीहरुमा एक प्रमुख लक्षणका रुपमा उभिएको छ । अध्ययनहरुका सुझावअनुसार एन्टिकोगुलेन्ट थेरापीले कोभिड १९ का बिरामीहरुमा लक्षण सुधार गर्न धेरै नै मद्दत गरेको छ । एन्टिकोगुलेन्ट आफैँमा पनि एक एन्टिइनफ्लामेट्रिको रुपमा काम गर्दछ, जसले कोभिड १९ का बिरामीहरुमा साइटोकाइन घटाउनमा पनि मद्दत गर्दछ ।
१६.७ प्रतिशत कोभिड १९ का बिरामीहरुमा अचानक मृत्युको जोखिम देखिएको छ । यो अचानक मृत्युको मुख्य कारणमा हृदयघात, सेरेब्रल इंफ्रक्सन र पल्मोनरी एम्बोलिज्मको कारणले हुन्छ । बुढापाका, हृदयरोग, उच्च रक्तचाप, मधुमेह, धूमपान, श्वासप्रश्वास रोग र घातक ट्यूमर्स कोभिड १९ का बिरामीहरुमा एन्डोभास्कुलर डिस्फङ्सन गराउन र रगत जम्नमा झन् मद्दत गर्दछ । त्यसैले यिनीहरुलाई एक जोखिमको रुपमा लिन सकिन्छ ।
हाल एन्टिकोगुलेन्ट थेरापीको महत्वको बारेमा जागरुकता कम छ ।
एन्टिकोगुलेन्टको प्रयोगका लागि सिफारिश
क. जबसम्म कुनै विरोधाभास छैन, कोभिड १९ का सबै बिरामीहरुलाई प्रोफाइलैक्टिक एन्टिकोगुलेन्ट दिन जरुरी छ ।
ख. धेरैजसो अन्तर्राष्ट्रिय अध्ययनले सबै तहका या मध्यम कोभिड बिरामीमा न्यूनतम १४ दिन र गम्भीर बिरामीमा अधिकतम ४५ दिनसम्म एन्टिकोगुलेन्ट दिन सिफारिश गरेको छ ।
ग. पोष्ट–डिस्चार्ज डोज
रिभारोक्साबान १० मिलिग्राम ३०–३१ दिनसम्म
वा
बेट्रिक्साबान ८० मिलिग्राम ३५–४२ दिनसम्म
वा
इनोक्सापारिन ४० मिलिग्राम ६–१४ दिनसम्म
नोटः सबै बिरामीहरुमा डी–डायिमर, रक्तस्रावको जोखिम अनुगमन गर्न जरुरी छ ।
४. भिटामिन सी, डी र जिंकको भूमिका
केही पौष्टिक तत्वहरुले प्रतिरोध प्रणालीको अखण्डता र सहकार्य कायम राख्न प्रमुख भूमिका खेल्छन् । यी तत्वहरुमध्ये, जिंक, भिटामिन सी र डी ले इम्यूनोमोडुलेटरको भूमिका खेल्छन् र शारीरिक अवरोध संरक्षणमा मद्दत गर्दछ ।
अध्ययनहरुले कोभिड १९ का बिरामीहरुमा यी तीन तत्वहरुमध्ये एक वा बढीको कमी पाइएको उल्लेख गरेका छन् । त्यसैले, कोभिड १९ महामारीको समयमा जिंक, भिटामिन सी र डी को पर्याप्त सेवनले कोभिड १९ सँग लड्न मद्दत गर्न सक्छ ।
डोजः
१. कैलकुफेडिओल ५० एमसीक्यू दिनमा २ पटक १४ दिनसम्म
२. भिटामिन सी ५०० मिलिग्राम दिनमा २ पटक १४ दिनसम्म
३. जिंक २० मिलिग्राम दिनमा २ पटक १४ दिनसम्म
तपाईँको अभिमत