डा.आरपी बिच्छा प्रधानमन्त्री देउवाको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त
अ +
अ -
बरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छा प्रधानमन्त्री शेरबहादुर देउवाको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त हुनुभएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजपत्राङकित विशिष्ट श्रेणी (सचिव) सरहको सुविधा दिने गरि डा. बिच्छालाई प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उहाँ स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुनुहुन्थ्यो । कात्तिक ७ गते ६० बर्षे उमेर हदका कारण विभागको महानिर्देशक पदबाट जिम्मेवारी मुक्त हुनुभएको थियो । सरकारले दुई बर्षको लागि विज्ञको रुपमा पदावधी थप्ने निर्णय गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत