कोरोनाकाे उपचारमा अग्रपंक्तिमा खट्ने साहसी स्वास्थ्यकर्मीलाई सलाम
त्यो कस्तो मृत्यु ? जति सम्झन्छु उति नै मेरो मन भतभत पोल्छ

त्यो रात मेरो ड्युटी थियो आमा र बच्चा दुवै स्वस्थ हुनुहुन्थ्यो
विश्वलाई नै कोरोना नामक भाइरसले आक्रन्त पारिरहँदा मेरो सुन्दर देश नेपाल पनि अछुतो रहेन । १,२, हुँदै संक्रमितको संख्या ९०० नाघिसक्दा आफूलाई जोखिममा राख्दै परिवारलाई किनारामा राखेर बिनाकवच महायुद्धको अग्रपंक्तिमा खटेर साहस देखाउने सबै स्वास्थ्यकर्मीलाई सलाम गर्न चाहन्छु । विश्वमा पहिले भएका हतियारधारी युद्धभन्दा उग्ररुप लिँदै गएको कोरोनाले समाजलाई नै तहसनहस बनाउँदै लगेको छ । एक अग्रपत्तिमा खटिनु पर्ने नर्सको नाताले के भन्न चाहन्छु भने यस कोरोनाको त्रासलाई परास्त गर्न सबै मिलेर आफूले सकेको गरौं ।
यो कोरोना भाइरसलाई हामीले पछार्नुछ, हराउनु छ । अग्रपंक्तिमा खट्नेलाई ताली र प्रोत्साहनसहित सम्मान गरौँ मनोबल बढाँऊ । स्वास्थ्यकर्मीको नजिक कोही पर्न नचाहेको, अवहेलना गरिएको, टोल निकाला गरिएकोजस्ता समाचारहरु पढीरहँदा म सोचमग्न हुन्छु । विश्वले नै हार खाएको विषयमा हामी मिलेर सामना गर्न सिक्नुपर्छ । स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सरसफाइकर्मीहरुको मनोबल उच्च बनाउने काममा लाग्नुपर्छ ।
तर मलाई थाहा छैन मेरो छोरोको भोलि कहिले आउँछ ? कोरोनाको कहरमा रुमलिँदा लाग्छ यसबाट कहिले छुटकारा पाउँला र अबोधहरुलाई अँगाल्न पाउला ।
घरको दुधे बालकको रोधन नसुनी, बुवा आमाको कुरा नसुनी देश र समाजका लागि अग्रपंक्तिमा उभिई काम गर्ने र कोरोनासँग जुध्नेलाई, सहायता दिनेलाई हौसलाको जरुरी छ । कोरोनf संक्रमण सुरु भएसँगै म पनि अवोध बालकहरुलाई परिवारको जिम्मा लगाई एकान्तबासमा बसिरहेको छु । दिनहुँ फोनमा कुरा गर्छु मेरो सानो छोरासँग । तोतेबोलीमा मामु भोली आउनु न भन्छ मनमुटु चर्किन्छ र सहज जवाफ दिन्छु हवस् ।
तर मलाई थाहा छैन मेरो छोरोको भोलि कहिले आउँछ ? कोरोनाको कहरमा रुमलिँदा लाग्छ यसबाट कहिले छुटकारा पाउँला र अबोधहरुलाई अँगाल्न पाउला ।
मातृत्वको आभाससँगै सितको लामो सास फेर्नेछ
म त एक प्रतिनिधि पात्र मात्र हुँ । म र यस्ता कथा नलेखेका कति स्वास्थ्यकर्मी होलान् ? दिनरात भोक तिर्खा र थकान नभनी हरपल सेवामा खटिरहेका । कोरोनाको युद्धमा प्रत्यक्ष-अप्रत्यक्ष सहभागी सम्पूर्णलाई हार्दिक नमन गर्दै आफ्नो मनोबल र आत्मविश्वास बढाई काम गरौं पक्कै हाम्रो पनि एक दिन सुनौलो बिहानी आउनेछ । सयौं अबोधहरु खुसी हुनेछन् । आफ्ना आमाको काखमा बस्न पाउनेछन् । खुसीको किरणसँगै अत्यासपूर्ण भोगाइको अन्त्य र नयाँ बिहानी छाउनेछ र मातृत्वको आभाससँगै लामो सास फेर्ने पाइनेछ ।
आफैँले हेरचाह गरेकी सुत्केरीको मृत्युले मलाई रुवाइरहेको छ
तातो तातो भात जसोतसो निली हस्याङ, फस्याङ गर्दै रात्री सेवामा निस्केँको थिएँ । पेशागत दायित्व त छँदैछ त्यसमाथि लकडाउन पालना नगरेका मेरा समुदायको सहानुभूतिमा प्रश्नको उत्तर दिँदै बस आउने स्थान पुगेँ । आफू मेडिकल क्षेत्रको भएकाले मलाई सेनिटाइजर प्रयोग गर्दा पनि कोरोनाबाट केही हदसम्म जोगिन्छ भन्ने ज्ञान छ । तर कोरोना प्रत्यक्ष सम्पर्क त्यसमा पनि थुँकका छिटाबाट सर्ने प्रमाणित भइसकेको अवस्थामा मैले सकेसम्म एक्लै र कसैलाई नछोई बस्ने प्रयास गरिरहेको छु ।
त्यो रात,कोहीले मेरो बच्चालाई दुध पुगेन भनिरहेका थिए भने कोही रगत बगाउदै नयाँ शिशुको पर्खाइमा थिए,अइयाँ अइयाँ भन्दै चिच्याइरहेका थिए ।
मनमा लाग्छ,कस्तो पेशा हो यो । न दिन भन्न पाइन्छ, न रात । न परिवार भन्न पाइन्छ,न साथीभाई । न चाडपर्व भन्न पाइन्छ । कयौं रमाइला क्षणहरुबाट विमुख भएर बिरामीको सेवामा खुसीमा अर्पण गरेको एक दशक भइसक्यो । यो समय परिवारको खुसी,समाजको दायित्व र मातृत्वको तिलाञ्जली गर्दै दिन दुःखी र अशक्तको सेवामा बित्यो । केही समयदेखि अटुट सेवामा रही आराम नपाएको शरीर दुखेको पनि थियो । शरीर मेशिन सरी त हो । म औषधि खाएर,कम्मरमा पेटी कसेर दुखेको शरीरलाई पेल्दै कार्यथलो शिक्षण अस्पताल पुँगे ।
दिनभर बिरामीको सेवामा रहेका साथीहरुसँग बिरामीहरुको पछिल्लो अपडेट लिई बिदा गरेर आफूले रात्रीकालिन जिम्मा लिएँ । मेरो ड्युटी बर्थिङ सेन्टरमा हो । कोही प्रसव पीडाले छटपटिरहेका थिए, कोहीलाई शल्यक्रियाको दुखाई थियो । कोहीले मेरो बच्चालाई दुध पुगेन भनिरहेका थिए भने कोही रगत बगाउदै नयाँ शिशुको पर्खाइमा थिए, ऐय्या आत्था भन्दै चिच्याइरहेका थिए ।
त्यो कस्तो मृत्यु, जति सम्झन्छु उति नै मन भतभत पोल्छ
स्वास्थ्यमा समान पहुँच र अधिकार भन्ने बुझेका हामीले सबैको समस्याको समाधान र दुखाइमा मल्हम लगाउने काम गर्नुपर्छ । तर हामीलाई के थाहा हामीले सेवा गरेका एक आमाको कोरोनाका कारण अल्पायूमै मृत्यु हुन्छ र केही दिनमा नै शिशुको आमासँग बिछोड हुन्छ भनेर । अस्पतालमा रहँदा उहाँमा संक्रमण रहेको थाहा थिएन ।
महिला डिस्चार्ज भएको केही दिनपछि सञ्चारमाध्यमबाट उहाँको मृत्युको खबर आयोऽ त्यो पनि कोरोनाका कारण भनेर । छाँगाबाट खसेजस्तै भएँ म । शिक्षण अस्पतालमा सुत्केरी भएकी महिलाको कोरोनाका कारण मृत्यु भन्ने समाचार त्यो दिन सबै सञ्चारमाध्यमको प्रमुख समाचार बन्यो । नबनोस् पनि कसरी त्यो मृत्यु कोरोनाको पहिलो मृत्यु थियो । त्यो समाचारले सारा नेपालीलाई रुवाइरहेको बेला म कसरी अछुतो हुन सक्थे र ? म जति सम्झन्छु उति नै मेरो मन भतभत पोल्छ ।
त्यो केस सामान्य हुन सकेन
समाचार सुनेपछि छटपटाहट सुरु हुन थाल्यो । रात्री सेवामा अनवरत खटेर आफूले हेरचाह गरेकी सुत्केरीको मृत्यु भयो भन्दा साह्रै पीडा भयो । गत बैशाख २३ गतेको कुरा हो म । कार्यरत अस्पतालको बर्थिङ सेन्टरमा सिन्धुपाल्चोककी एक महिला महिला सुत्केरी हुन आउनुभयो । समय अगावै बेथा लागेपछि लेबर रुपमा पठाएका थियौँ । सुत्केरी भइसकेपछि हाम्रो वार्ड पोस्ट न्याटल केयरका लागि ल्याइयो । त्यो रात मेरो ड्युटी थियो आमा र बच्चा दुवै स्वस्थ हुनुहुन्थ्यो । त्यसैले भोलिपल्ट डिस्चार्ज हुनुभयो। आमा र बच्चाको उपचार र हेरचाह गर्नु त हाम्रो कर्तव्य नै हो तर सिन्धुपाल्चोककी सुत्केरी केस सामान्य हुन सकेन ।
सुत्केरीलाई कहाँबाट कहिले संक्रमण भयो अनुत्तरित छ तर हाम्रोमा हुँदा उनीलाई कुनै पनि लक्षण थिएन र परिवार पनि सुरक्षितसाथ बस्नुभएको थियो । कतिले हाम्रो अस्पताललाई दोष लगाए, कतिले एम्बुलेन्सलाई कतिले गाउँलाई । सुत्केरी महिलासँग सम्पर्कमा रहेका म लगायत सबै साथीको रिपोर्ट नेगेटिभ आइसकेको छ। आफैंले हेरचाह गरेर अस्पतालबाट स्वस्थ अवस्थामा बाहिरिएकी मान्छे केहीदिन पछि नै कोरोनाका कारण अबोध शिशुलाई टुहुरो बनाएर संसारबाट विदा भइन् भन्ने सम्झनेवित्तिकै झसङ्ग-झसङ्ग हुन्छु ।
(लेखक शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत स्टाफ नर्स हुनुहुन्छ । )
तपाईँको अभिमत