कहाँबाट आए १३ इन्डोनेसिएन ललितपुरमा,गोदावरीमा तनाव
काठमाडौं, २० चैत । कोरोना भाइरसको त्रासमा सरकारले लकडाउन गरिरहँदा सप्तरीबाट प्रहरीले स्कर्टिङमा १३ जना इन्डोनेसीयन काठमाडौं ल्याएको छ । उनीहरुलाई सरकारले काठमाडौंको बालाजुमा राख्न खोजेको तर स्थानिएकाे विरोध भएपछि ललितपुर महालक्ष्मी नगरपालिकाको इमाडोलमा रहेको मस्जितमा हिजो राति राखेको थियो । त्यहाँ राख्दा पनि स्थानीयले बिरोध गरेपछि उनीहरुलाई गोदावारीस्थित गोदावारी भिलेजमा राखियो। त्यहाँ राख्दा पनि स्थानीयले पुनः विरोध गर्न थालेपछि सरकारले बिहीबार राती त्यहाँबाट पनि हटाएको छ ।
उनीहरुलाई कहाँ पुरयाएको छ भन्ने अहिले गोप्य सारिएको छ । गोदावरी भिलेज रिसोर्टमा राखिएका उनीहरुलाई प्रहरीकै स्कर्टिङमा बा १ ग २१६३ नम्बरको सरकारी गाडीबाट फर्काइएको हो । गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीयको बिरोध पछि गोदावारीबाट अन्यत्र सारिएको बताउनुभयो । उहाँले अन्यत्र पनि स्थानीयले बिरोध गर्ने भएपछि स्थान भने गोप्य राखिएको बताउनुभयो ।
लकडाउनका बेला अचानक विदेशी नागरिक आइपुगेपछि मस्जिदमा बस्नेहरू त्रसित भएका थिए । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिनुभयो । श्रोतका अनुुसार उनीहरु लकडाउन अघि नै भारतको एक कार्यक्रममा भाग लिइ तराई आएका हुन् । उनीहरू २१ जनवरी र ११ फ्रेबरीमा नेपाल प्रवेश गरेका थिए । प्रहरीका अनुसार कुनै पनि मुलुकमा रहेका विदेशी नागरिकलाई पनि आफ्नै नागरिक सरह व्यवहार गर्न विश्व स्वास्थ्य संगठनले भनेको अवस्थामा कोरोना महामारी भन्दा अगावै नेपाल आएका विदेशीलाई सबै क्षेत्रबाट लखेट्नु खेद जनक र मानवता विरोधी हो । गैर कानूनीरुपमा बसेका विदेशीलाई पनि कोरोना महामारी साम्य नहुन्जेल कुनै कानुनी कार्वाही नगर्न ,देश निकाला नगर्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत