थप १० जना कोरोना संक्रमितको मृत्यु, संख्या १९२७
काठमाडौं । पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९२७पुगेको छ ।
आज देशभर ४८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०९जनाको पीसीआर परीक्षण भएकोमा ४८८ जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ३१४ जना रहेका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ५८ हजार ९६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५२७ जनाले कोरोना जिते ।
यसैगरी २४ घण्टामा १० संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९२७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको रहेको छ ।
तपाईँको अभिमत