'अंग प्रत्यारोपणको क्षेत्रमा १२ वर्षमा १८० डिग्रीको परिवर्तन'
नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा १२ वर्षमा ठूलो प्रगति भएको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठले बताउनुभयो।
केन्द्रको १२औँ वार्षिक उत्सव समारोहमा बोल्दै डा.श्रेष्ठले अंग प्रत्यारोपणको हकमा १८० डिग्रीको परिवर्तन भएको दावी गर्नुभयो।
१२ वर्ष अगाडि नेपालमा मिर्गाैला फेल भएको ९० प्रतिशत व्यक्तिको ३ महिनामा मृत्यु हुन्छ भन्ने डाटा वश्व स्वास्थ्य संगठनले निकालेको थियो । अहिले मिर्गाैला फेल भएको ९५ प्रतिशतसम्म व्यक्ति डायलासिस र प्रत्यारोपण गरी बाँचिरहेको डा.श्रेष्ठको भनाइ छ।
१२ वर्षमा माइनस ९० बाट एकैपटक प्लस ९० मा पुर्यायौँ’ श्रेष्ठले भन्नुभयो, ‘मिर्गाैला प्रत्यारोपणको क्षेत्रमा १८० डिग्रीले परिवर्तन भएको छ ।’केन्द्रमार्फत गरिब, निमुखालाई सेवा दिन पाउँदा एकदमै खुसी लागेको डा.पुकारले बताउनुभयो।
केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्न पाएको खण्डमा धेरै काम गर्न सक्ने उहाँको दावी छ।
‘आफ्नै भवन नहुँदा त यत्तिको सेवा दिइरहेका छौँ’ डा.श्रेष्पडले भयो, ‘शैक्षिक विज्ञान प्रतिष्ठान बनाइदियो या आप्नै भवन बनाइदियो भने कत्ति सेवादि सकियो होला ?
आफ्नै भवनको अभावमा समेत केन्द्रले यत्तिको सेवा दिन सकिरहेको भन्दै उहाँले भवन समेत भए आफ्नै भवन भएको खण्डमा धेरै सेवा दिन सकिने बताउनुभयो।
भवनको अभावबाहेक केन्द्रका लागि सरकारले गर्ने प्रयत्नमा कुनै कमी नभएको कार्यकारी निर्देशक डा.पुकारले बताउनुभयो । केन्द्रमा अधिकांश कर्मचारी करार सेवामा रहेकाले कर्मचारीको स्थायीत्वमा पनि समस्या रहेको गुनासो श्रेष्ठले गर्नुभयो।
वार्षिक समारोह कार्यक्रममा उपस्थित भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले राष्ट्रिय प्रत्यारोपण केन्द्रले जिल्ला अस्पतालको एक भवनमा रहेर देशभरका बिरामीलाई सेवा दिइरहेको बताउनुभयो।
अंग प्रत्यारोपण गर्दा अंग दिनेमा महिला धेरै हुने र पाउनेमा पुरुष धेरै हुने देखिएकाले यो बदल्नुपर्ने प्रजिअ श्रेष्ठको भनाइ छ ।
भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रत्यारोपण केन्द्रका लागि जग्गा अत्यावश्यक रहेको बताउनुभयो । केन्द्रलाई जग्गा खोज्ने काममा आफूसमेत निरन्तर लागि परिरहेको जानकारी दिनुभयो।
पार्टीगत प्रतिपस्पर्धा आ-आफ्नो ठाउँमा भएपनि भक्तपुरमा रहेको राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई राम्रो बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ।
प्रशासनिक भवन ठूलो बनाउनुको सट्टा त्यो ठाउँ राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवाका लागि स्थान उपलब्ध गराउन सक्यो भने जनताले राम्रो सेवा पाउने थापाले बताउनुभयो।
भक्तपुर क्षेत्र नम्बर १ का सांसद प्रेम सुवालले केन्द्रले राम्रो सेवा दिइरहेको कुरा आफूले विश्वास गरिरहेको बताउनुभयो । यहाँको सेवाका बारेमा उब्जिएका विभिन्न प्रश्न र गुनासोलाई समेत सम्बोधन गर्नुपर्ने सुवालको सुझाव छ । केन्द्रमा सेवा लिन गाह्रो भइरहेको, पालो नै नआउने भन्ने गुनासो पनि आउने गरेको सुवालले बताउनुभयो।
राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि नजिकै रहेको हाल नेपाली सेनाले प्रयोग गरिरहेको खाली जग्गा सबैभन्दा उपयुक्त हुने सुवालको भनाइ ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत प्रत्यारोपण सर्जन डा.लुसन सिंहले प्रत्यारोपणका क्षेत्रमा थप उपलब्धि हासिलका लागि लागिरहेको बताउनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्र रमणसिंहले केन्द्रले गरेको प्रगतिप्रति धन्यवाद व्यक्त गर्नुभयो।
स्थापना भएको १२ वर्षमै यति धेरै सेवा दिने अवस्थामा पुगेको संस्था विश्वमै नभएको दावी डा.सिहंले गर्नुभयो।
वार्षिक उत्सव समारोहका अध्यक्ष समेत रहनुभएका सिंह अंग प्रत्यारोपणका लागि सरकारको यात्रामा केन्द्रले अहम भूमिका खेलेको बताउनुभयो । केन्द्रको स्थापना नभएको भए सरकारलाई बहुत अप्ठेरो हुने उहाँले सुनाउनुभयो।
केन्द्रको देशभरी सेवा दिनका लागि दिएको अग्रसरताका लागि समेत धन्यवाद दिनुभयो।
स्थापना कालदेखि हालसम्म केन्द्रमा १२३१ जनामा मिर्गाैला प्रत्यारोपण भएको छ । २३ जनाको कलेजो प्रत्यारोपण भएको छ । पछिल्लो एक वर्षमा मात्रै केन्द्रमा १२ जनामा कलेजो प्रत्यारोपण भएको केन्द्रले जानकारी दिएको छ ।
मस्तिष्क मृत्युपछि पूाप्त अंगदानबाट १० जनामा मिर्गाैला र ३ जनामा कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ ।
तपाईँको अभिमत