प्रतिनिधिसभाका १८ सांसदलाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । प्रतिनिधिसभाका १८ जना सांसदलाई कोरोना पुष्टि भएको छ । पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ ।
संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो ।
१४१ जना संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी कोरोना भएको छ।
तपाईँको अभिमत