दुई विशेषज्ञ चिकित्सक नवौँ तहमा बढुवा
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई चिकित्सकलाई नवौँ तहमा बढुवा गरेको छ । मन्त्रालयको बढुवा समितिको आइतबार बसेको बैठकले दुई विशेषज्ञ चिकित्सकलाई बढुवाका लागि सिफासिर गरेको मन्त्रालयले जानकारी दिएको छ ।
बढुवा सिफासिर हुनेमा छालारोग विशेषज्ञ डा.कमल प्रसाद आचार्य रहनुभएको छ । त्यसैगरी बढुवा हुने अर्का चिकित्सक नाक, कानm घाँटी रोग सर्जन डा.नरेन्द्र कुमार श्रेष्ठ रहनुभएको छ ।
उहाँहरुलाई बढुवा गर्ने सिफारिस भएकाले स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ७६, ७७ मा भएको प्रावधान बमोजिम मन्त्रालयले सूचना प्रकाशन गरेको छ।
तपाईँको अभिमत