नेपालमा विद्युतीय चुरोटमाथि प्रतिबन्ध, हुन्थ्यो वार्षिक ३२ अर्बको व्यापार
नेपालमा अब विद्ययुतीय चुरोट विक्री वितरण गर्न नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सम्बन्धित निकायहरुलाई पत्राचार गरेको छ ।
केन्द्रले विद्ययुतीय चुरोट प्रयोग गर्न नपाउने व्यवस्था कार्यान्वयन गर्न भन्दै सम्बन्धित मन्त्रालय तथा विभागलाई पत्राचार गरेको छ ।
सञ्चार, अर्थ र उद्योग मन्त्रालयका साथै भन्सार विभाग र उद्योग विभागलाई गरिएको पत्राचारमा गरी विद्ययुतीय चुरोट आयत, विक्री–वितरण तथा प्रयोग नगर्न भन्दै पत्राचार गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निर्देशिका २०७१ मा भएको व्यवस्था स्मरण गराइएको छ ।
उक्त निर्देशिकाको परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाउने छैन’ भन्ने व्यवस्था रहेको जानकारी दिइएको छ ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट निर्णय भइआएकाले विद्युतीय चुरोको निषेध कार्य कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
सरकारले यसअघि नै विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउन खोजेको भएपनि निजी संस्थाले मुद्दा दायर गरेका कारण नसकिएको बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसीले बताएका थिए।
अघिल्लो महिना भएको एक कार्यक्रममा बोल्दै केसीले सर्वोच्चले सरकारका पक्षमा फैसला गरेकाले छिट्टै प्रतिबन्ध लगाइने जानकारी दिएका थिए ।
केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब बराबरको विद्युतीय व्यापार हुने गरेको छ । एक वर्षमा ३२ लाख थान विद्युतीय चुरोटका डिभाइस भित्रिने गरेको छ। बजारमा १० हजारदेखि १३ हजारसम्म विक्री हुँदै आएको छ ।
यसले नेपालको ठूलो धनराशी बाहिर जानुका साथै स्वास्थ्यमा धेरै हानी पुर्याइरहेकाले प्रतिबन्ध लगाउनु पर्ने माग निरन्तर हुँदै आएको थियो।
तपाईँको अभिमत