थप २ मा कोरोना पोजेटिभ,संक्रमितको संख्या ४७
अ +
अ -
काठमाडौं,१० बैशाख । नेपालमा आज मात्रै ५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा नै गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको थियो । प्रदेश नम्वर १ मा हालसम्म पिसिआरबाट ८ सय २३ र आरडीटीबाट ३ हजार ५ सय ९२ जनाको परीक्षण भएको छ । प्रदेश नम्वर एकमा अहिले १ हजार ७० जना मानिस क्वारेन्टाइनमा बसिरहेका छन् ।
(यसअघिको समाचारमा जम्मा संख्या ४७ हुनपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । यसबाट पर्न गएको असुविधाप्रति हेल्थपाटी डटकम क्षमापार्थी छ।)
तपाईँको अभिमत