देशभर थपिए ११० कोरोना संक्रमित, ४ को मृत्यु

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११० कोरोना संक्रमित भेटिएका छन् भने ४ को मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ११० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।
गत २४ घण्टामा १०२ जना संक्रमित काेराेनामुक्त भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ भने ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
तपाईँको अभिमत