काठमाडौं उपत्यकामा ४३५ सहित देशभर १०९६ जनालाई कोरोना
अ +
अ -
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर लगातार बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०९६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर नमुनामा १०१५ जना र एन्टीजेन परीक्षण गरिएकामध्ये ८१ जनालाई संक्रमण पुष्टि भएको गौतमले जानकारी दिनुभयो । सोही अवधिमा २६२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
आज थपिकामध्ये ४३५ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ गरि ४३५ जनालाई पोजेटिभ देखिएको छ । अहिले देशभर ६२ सय ९० जना सक्रिय संक्रमित छन् जसमध्ये ५७६ संस्थागत र ५७ सय १४ जना होम आइसोलेसनमा रहेका छन् ।
तपाईँको अभिमत