निम्न आय भएका मुलुकलाई अमेरिकाले ५० करोड डोज खोप दिने
अमेरिकाले विश्वका निम्न र निम्न मध्यम आय भएका मुलुकहरुलाई छिट्टै थप ५० करोड डोज खोप उपलब्ध गराउने भएको छ ।
विश्वमा खोप आपूर्ति बढाउने विषयमा केही देशका नेता र विश्व स्वास्थ्य संगठनका प्रमुखबीचको भर्चुअल छलफलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो घोषणा गरेका हुन्।
रोयटर्सका अनुसार बुधबार भएको उक्त छलफलमा बाइडेनले निम्न र मध्यम आय भएका मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउन खरिदको तयारी भएको बताएका छन् । ५० करोड फाइजर खोप खरिदको तयारी भएको जानकारी उनले दिएका छन्
कोभिड–१९ महामारीलाई जित्नका लागि विश्वका सबै क्षेत्रमा यसलाई परास्त गर्न जरुरी रहेको भनाइ उनले राखेका छन् ।
स्वास्थ्य विज्ञहरुले विश्वका गरिब मुलुकलाई करिब ६ अर्ब डोज खोप आवश्यक रहेको बताइरहेका छन् । यसमा अमेरिकाले १ अर्ब खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
आगामी जनवरीबाट खोप पठाउन सुरु गर्ने प्रतिवद्धता बाइडेनले जनाएका छन् ।
तपाईँको अभिमत