त्रिवि शिक्षण अस्पतालमा डाक्टरमाथि हातपात, यस्तो भयो सहमति
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लापारबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा खटिएका डाक्टरमाथि आक्रमण गरेका छन् । अहिले अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।
बुटवल घर भएका ६२ वर्षका बिरामीको कोभिड आइसियुमा उपचारका क्रममा आज मृत्यु भएको थियो । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा.सबिन भण्डारीलाई गालीगलौज गरि हातपात गरेको अस्पतालका सूचना अधिकारी राम बिक्रम अधिकारीले जानकारी दिनुभयो ।
अस्ति राती पनि एक बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो । ‘एक बिरामीको अस्ति राती मृत्यु भएको थियो,सोही दिनमा पनि बिरामीको छोराबाट डाक्टरहरु माथि दुर्व्यवहारका साथै हातपात भएको थियो आज फेरि अर्काे घटनामा ड्युटीमा नै रहेको अवस्थामा डाक्टरमाथि हातपात भयो, सूचना अधिकारी अधिकारीले भन्नुभयो, यस्ता गतिविधिले स्वास्थ्यकर्मीहरुलाई हतोत्साहित बनाउछ ।’
उहाँले अस्तिको केसमा बिरामीको छोरा किरिया बसेकाले वार्तामा सहभागि हुन नसकेको र उहाँले पत्र लेखि घटनाप्रति माफी माग्दै किरिया सकेपछि आफै उपस्थित भई वार्ता गर्ने सहमति भएको जानकारी दिनुभयो ।
आज मृत्यु भएका बिरामीको सम्बन्धमा आफन्त र प्रशाशनबीच छलफल भइरहेको अधिकारीले बताउनुभयो । आज मृत्यु भएको बिरामीमा इन्फ्लुएन्जाको लक्षण देखिएपछि बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो । बिरामीको इन्फ्लुएन्जाको परीक्षण गर्न स्वाब टेकु पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको थियो भने कोरोना पोजेटिभ देखिएको थियो ।
तपाईँको अभिमत