जीननै मोटोपनाको जिम्मेवार, औषधीबाट पनि नियन्त्रण गर्न सकिने
तपाई हामी कार्बोहाइड्रेडयुक्त र गुलियो खानपिनले मोटोपना बढाउछ भन्ने मान्यतामा छौ । यदी यसो हो भने यो गलत हो । किनकी जीनकै कारण पनि मानिसहरु मोटाउने गरेका छन् । अनुसन्धानको क्रममा वैज्ञानिकहरुले १४ जीन फेला पारेका छन्, जुन मानिसको मोटोपनाका लागि जिम्मेवार रहेका छन् । यी जिनका कारणनै मुटु र मधुमेहको रोग लाग्ने गरेको छ ।
मोटोपना पनि एक महामारी
अनुसन्धान गरेको भर्जिनिया युनिभर्सिटीको कलेज अफ आर्ट एन्ड साइन्सका शोधकर्ताका अनुसार मोटोपना पनि एक महामारी बनिसकेको छ । अधिक क्यालोरी भएका खानेकुराहरु सुगर र फ्रकटोजको मात्रा खानाले मोटोपना सोझो रुपमा बढ्न जान्छ । यसमा पनि सुस्त खालको जीवनशैलीको भूमिका महत्पूर्ण हुन जान्छ । तर अन्य नयाँ अनुसन्धनले यसका लागि मासिनको जीन पनि जिम्मेवार भएको देखाएको छ ।
यस खालको जीनमाथिको नियन्त्रणले मोटोपना घट्न जान्छ
अनुसन्धानका अनुसार मानिसले लिने गरेको अतिरिक्त मानिसले खाएको खानालाई बोसोमा परिवर्तन गर्ने काम कुन जिनले गर्छ यो थाहा पाएपछि औषधीको रुपमा यी जिनलाई निष्क्रिय गर्न सकिन्छ । यस किसिमले बढ्दो महामारी नियन्त्रण गर्न सहयोग मिल्ने छ । साथै मधुमेह जस्ता कयौं रोगलाई बचाउन सकिन्छ ।
किरामा गरिएको थियो अनुसन्धान
शोधकर्ता एलिन ओरुरेके भन्छन्,“हामी सयौँ मानिसको जीन बारे जान्छौ कि, जसले मोटोपना र अन्य बिमारीलाई बढाइ दिन्छ । यस मध्ये कति जिनले स्पष्ट रुपमा मोटोपनाको जिनमा जिम्मेवार छन् त्यो पत्ता लगाउन सकिन्छ ।” यो पत्ता लगाउनका लागि सामान्य रुपमा तरकारीमा किराको प्रयोग गरिएको थियो ।
किराको सहयोगबाट मानिसमा २९३ जिन पाइएको छ, जसका सम्बन्ध मोटोपानासँग रहेको छ । यस मध्ये १४ जिन स्पष्ट रुपमा मोटोपनासँग सम्बन्धित रहेको फेला परेका छन् ।
तपाईँको अभिमत