भेरी अस्पतालमा १ सय ९० वटा नमुनामध्ये १०६ जनामा कोरोना संक्रमण
अ +
अ -
काठमाडौ । बाँकेको भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका १ सय ९० वटा नमुनामध्ये १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका अधिकांश बाँकेका छन् । जिल्लामा केही दिनयता दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेका छन् ।
नाकामा मात्र २५ जना कोरोना पोजिटिभ देखिएका छन् । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न पुगेका ९४ जनाको मृत्यु भइसकेको छ ।
बाँकेमा पछिल्लो समय कोरोना संक्रमित ह्वात्तै बढेका छन् ।
तपाईँको अभिमत