क्यान्सरबारे चेतना फैलाउन खिचियो सामूहिक नग्न तस्बिर

छालाको क्यान्सरबारे सचेतना जगाउनका लागि सिड्नीमा व्यक्तिहरुले सामूहिक रुपमा नांगो तस्बिर खिचाएका छन् ।
सिड्नीको बोन्डीस्थित समुँद्री तटमा शनिबार अमेरिकी अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिक अगाडि पोज दिन करिब २५०० व्यक्तिहरुले आफ्ना कपडा खोले ।
ट्युनिक सामुहिक नग्न फोटो सुट गर्ने फोटोग्राफरका रुपमा विश्वमा चर्चित छन् । फोटो सुटमा सहभागी महिला, पुरुषहरुले समुँद्रमा नग्न डुबुल्की मार्नुअघि विभिन्न पोजमा नग्न फोटो खिचाएका थिए ।
त्यसपछि पानीमा डुबेर पनि विभिन्न पोजमा फोटो खिचाएका थिए।
दी गार्डियन्समा प्रकाशित खबर अनुसार अस्ट्रेलियामा क्यान्सरका कारण मध्ये छाला क्यान्सर चौथो हो ।
त्यहाँको संघीय सरकारको आँकडाअनुसार यस वर्ष मात्रै अस्ट्रेयलियामा १७ हजार ५०० भन्दा धेरै नयाँ छाला क्यान्सरका बिरामी फेला परेका छन् । छाला क्यान्सरकै कारण अस्ट्रेलियामा हरेक वर्ष करिब १३०० जनाको मृत्यु हुन्छ ।
न्यूयोर्कस्थित कलाकार मेलेनोमाले छाला क्यान्सरबारे सचेतना फैलाउन तयार पार्ने आर्टका लागि नग्न तस्बिर खिचाएका थिए । उनको अभियानमा व्यक्तिहरुले नग्न तस्बिर खिचाएर सहयोग गरेका हुन् ।
फोटोग्राफर ट्युनिकले छाला क्यान्सरको सचेतना फैलाउनका लागि गरिएको यो काममा सहभागी हुन पाउँदा गौरव लागेको बताए।
छाला क्यान्सरबाट बच्न नियमित छाला परीक्षण गरौँ भन्ने चेतना फैलाउन यो कार्य गरिएको उनको भनाइ छ ।
फोटो सुटमा सहभागी मध्ये एक रोबिन लिण्डरले आफूलाई यस कार्यका लागि भित्र–भित्र डर लागेको भएपनि मनलाई काबुमा राखेको बताए।
‘म हिलो राति डराएको थिएँ, मैले के गरेँ, तर यो राम्रो थियो, माहोर राम्रो थियो । सबैजना सम्मानजनक अवस्थामा थिए यसले वास्तवमै रमाइलो महसुस गर्यो’ लिण्डरले भनिन्।
ट्युनिकले अन्तिम पटक सन् २०१० मा सिड्नीमा सामूहिक फोटो खिचेका थिए । त्यो बेला उनलाई ५,२०० अस्ट्रेलियालीहरूले सिड्नी ओपेरा हाउसमा नग्न पोज दिएका थिए।
तपाईँको अभिमत