बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहमति, आजबाट काम सुचारु

फाइल फोटो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंगिएको छ। आन्दोलनरत शिक्षक, कर्मचारी र व्यवस्थापन पक्षबीच शनिबार ६ बुँदे सहमति भएको छ।
शनिबार प्रतिष्ठानका कामु उपपूलपति प्रा.डा प्रल्हाद कार्कीसहित पदाधिकारी, अस्पताल निर्देशक समेत सहभागी वार्तामा आन्दोलनरत पक्षसँग सहमति भएको हो।
बढुवाका लागि प्रतिष्ठानले स्थगित गरेको अन्तर्वार्ता फागुन ६ गतेबाट सुचारु गर्ने सहमति भएको छ। आन्दोलनका कारण आइपरेका गतिरोध अन्त्य गर्ने र आजबाट आन्दोलन स्थगित गरी पठनपाठन र काम सुचारु गर्ने सहमति २ पक्षबीच भएको छ।
शनिबार व्यवस्थापनसँग सहमति भएको भन्दै शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाजले आजबाट आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
समय सापेक्ष हुनुपर्ने पदोन्नति १५–१६ वर्षसम्म नभएको भन्दै प्रतिष्ठानका शिक्षक, कर्मचारीले गत पुस २९ गतेबाट काम बन्द गरी आन्दोलन गर्दै आएका थिए।
आन्दोलनबाट प्रतिष्ठानको सेवा तथा पठनपाठन प्रभावित भएको थियो। पठनपाठन सुचारु गराउने पर्ने माग गर्दै विदाद्र्यीहरु समेत आन्दोलित भएका थिए।
तपाईँको अभिमत