शरणार्थीहरुलाई नेपाली सरह कोरोनाको परीक्षण र उपचार गर्नु : स्वास्थ्य मन्त्रालय

अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा विभिन्न देशबाट आएर शरणार्थी भई बसेका सबै नागरिकलाई नेपाली नागरिक सरह कोभिडको परीक्षण र उपचार गर्न सबै सरकारी अस्पताल र प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
शरणार्थी परिचयका आधारमा उनीहरुको लक्षण वा चिन्ह देखिएमा सरकारी प्रयोगशाला र अस्पतालमा निःशुल्क परीक्षण र उपचार गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईँको अभिमत