पूर्वप्रधानमन्त्री माधव नेपाललाई दोहोर्याएर कोरोना
अ +
अ -
पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई दोस्रो पटक कोरोना संक्रमण भएको छ ।
केही लक्षण देखिएर आज परीक्षण गर्दा कोरोना देखिएको नेपालका निजी सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार नेपालाई सामान्य लक्षण देखिएको छ । उहाँ कोटेश्वरस्थित आफ्नै घरमा आराम गरिरहनुभएको छ ।
स्वास्थ्य संवेदनशीलताका कारण केही दिनका लागि भेटघाट बन्द गरिएको र निर्धारित कार्यक्रमहरू स्थगित गरिएको गौतमले जानकारी दिनुभयो ।
यसअघि उहाँलाई गत पुसमा पनि कोरोना संक्रमण देखिएको थियो ।
तपाईँको अभिमत