जागिरको लोभ देखाएर डाक्टरलाई बलात्कार गर्ने नर्स पक्राउ

सांकेतिक तस्बिर।
भारतको केरलामा डाक्टरलाई बलात्कार गरेको आरोपका एक नर्स पक्राउ परेका छन् ।
महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय पुरुष नर्स पक्राउ परेको भारतीय मिडियाले जानकारी दिएका छन् ।
एनडीटीभीका अनुसार ती नर्सले र डाक्टरका नग्न तस्बिर समेत सामाजिक सञ्जालमा सेयर गरेको आरोप छ ।
प्रहरीका अनुसार घटना गत डिसेम्बर महिनामा भएको हो । जतिबेला उनीहरु दुवै जना कर्नाटकको एक अस्पतालमा काम गर्थे ।
केरलाको त्रिशूर जिल्ला निवासी निशम बाबु नाम गरेका ती नर्सले २८ वर्षीया डाक्टरलाई कोयम्बटूर भन्ने ठाउँको एक अस्पतालमा राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोप छ ।
एक होटलमा लगेर बलात्कार गरेको र डाक्टरको नग्न तस्बिर समेत खिचेको आरोप लगाइएको प्रहरीलाई उद्धृत गर्दै एनडीटिभीले खबर दिएको छ ।
त्यसपछि नग्न तस्बिर सेयर गर्ने धम्की दिएर यौन शोषण गर्दै आएको आरोप डाक्टरले लगाएकी छिन् ।
पछि पीडित डाक्टरले उसको नम्बर ब्लक गरेर टाढा हुन खोजेपछि निशमले डाक्टरका नग्न तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
प्रहरीले प्रकाउ गरी निशम बाबुविरुद्ध मुद्दा हर्ता गरेको छ ।
तपाईँको अभिमत