२३६८ थपिए, देशभर ३१,२९८ कोरोना संक्रमित, मृत्यु १८
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर २५६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट १९८१ जना र एन्टिजेन परीक्षणबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा १२ हजार ६३६ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ८ हजार ४०२ र एन्टिजेन परीक्षण ४ हजार २३४ भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २०२० जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । ्हा
लसम्म पिसिआर विधिबाट ६ लाख ९७ हजार ३७० जना र एन्टिजेन ६१ हजार ९३७ विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८७५ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ पुगेको छ ।
तपाईँको अभिमत