नक्कली आँखा भनेको के हो ? किन लगाउने ?(भिडियो)
नक्कली आँखा किन आवश्यक छ ? यो के हो ? कसरी लगाइन्छ ? यसबारे दृष्टि विशेषज्ञ अस्मिता मादेनले दिनुभएको जानकारी तल प्रस्तुत छ।
यसलाई अंग्रेजीमा प्रोस्थेटिक आइ भनिन्छ । नेपालीमा सजिलै बुझ्नका लागि नक्कली आँखा भनिन्छ । यो कस्तो भने यसमा आफैँ दृष्टि हुने होइन ।
कुनै कारणले आँखा नै निकाल्नु परेको अवस्थामा वा कुनै रोगका कारण आँखा बिग्रिएको खण्डमा यसको प्रयोग गरिन्छ । आँखा बिग्रिएपछि वा निकालेपछि सौन्दर्य कायम राख्नका लागि यसको प्रयोग गरिन्छ । यो राखेपछि प्राकृतिक आँखा नै जस्तो देखिन्छ । बाहिरबाट हेर्दा हल्लिएको, चाल भएको आँखा देखिन्छ ।
आँखा यसरी बिग्रिएको अवस्थामा कतिपय व्यक्तिहरू निराश भएर, चिन्ता लिएर बसिरहनुभएको हुन्छ । नेपालमै यो सेवा सहजै उपलब्ध छ।
यो खासै खर्चिलो पनि हुँदैन । एउटा आँखामा लगाउनका लागि अवस्था हेरेर १५ देखि २० हजार खर्च हुन्छ ।
समयको हिसाबमा बिहान आउनुभयो भने आँखा बनाएर बेलुकासम्म पठाउन सकिन्छ । टाढाबाट आउनेका लागि पहिल्यै यो दिनमा आउछु भन्नुभयो भने हामीले पूरै तयारी गरेर राखेका हुन्छौँ अनि तत्काल यो आँखा राखेर पठाउन सकिन्छ ।
तपाईँको अभिमत