पहाडमा पनि देखिन थाल्यो नाइरोबी फ्लाइ कीराको प्रकोप, सचेत रहन आग्रह
पोखरा । केहि दिनदेखि तनहुँ जिल्ला आसपासका क्षेत्रमा ‘नाइरोबी फ्लाई’नामक कीराको जोखिम बढेको स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र बोनीटारले जानकारी दिएको छ ।
पछिल्लो समय यस क्षेत्रबाट छालामा दाग, घाउ, जनै खटिरा जस्तो देखिने समस्या लिएर उपचारका लागि बिरामी आउने गरेको केन्दले जनाएको छ। केन्द्रका अनुसार यस्तो हुनुको कारण कारण नाइरोबी फ्लाई नामक कीरा हो । यस कीराले टोक्दा वा छुँदा यसको एसिडले छालामा माथि उल्लेखित समस्या देखिन्छ ।
केन्द्रका अनुसार भारी वर्षा भएर पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा यो की झ्याल, ढोकाबाट भित्र प्रवेश गर्छ ।
कीरासँग छोइदा पनि एसिडले पोलेको जस्तो छालामा जनै खटिरा जस्तो घाउ हुने गर्दछ।
यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा यो कीराका कारण यस्ता समस्या देखिएका थिए ।
अहिले पहाडी क्षेत्रमा यो कीरा देखिन थालेको हो। यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिने क्रममा रहेको भन्दै केन्द्रले सजगता अपनाउन आग्रह गरेको छ ।
तपाईँको अभिमत