कसैले पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्दैन
बर्दिया । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक परिवर्तन भइरहेको बताउनुभएको छ । बर्दियाको बाँसगडी नगरपालिकामा आधारभूत अस्पताल शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो, ‛स्वास्थ्य मन्त्रालयले ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरु निमार्ण कार्य अगाडि बढाइसकेका छ।’
कुनै पनि स्थानिय निकायले जग्गा नभएर अस्पताल बनाउन सकिएन भन्न पाउने छैनन् । अस्पताल निमार्णमा आर्थिक हिसाबले कुनै पनि कमी आउन नदिने प्रतिवद्धता उहाँले गर्नुभयो ।
सोही कार्यक्रममा संघीय सांसद तुल्सा थापाले अब कोही पनि नेपालीले समयमै उपचार नपाएर मृत्युवरण गर्नुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‛उपचारबाट बन्चित र आफ्नो रोगह लुकाएर कुण्ठित रहेका बर्दियाका महिलाहरुले २५ शैयाको यो आधारभूत अस्पताल निर्माण पश्चात सहजै रुपमा उपचार सेवा उपलब्ध गर्न पाउने छन् ।’
बर्दियाको बाँसगडी नगरपालिकामा १३ करोड लगानीमा २५ शैयाको अस्पताल निर्माण हुनेछ । जसका लागि २७ जना कर्मचारीहरु खटाइने छ । तर सो अस्पताल निर्माणका लागि हाल सरकारले २ करोड बजेट छुट्याएको सांसद थापाले जानकारी दिनुभयो ।
अस्पताल निमार्णका लागि थप आर्थिक सहयोग चाहिएमा सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै थापाले सकारात्मक सोचका साथ सबैले होस्टेमा हैँसे गर्दै अगाडि बढे अस्पताल छिट्टै नै सुचारु हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले ३९६ स्थानीय तहमा आधारभूत र सातै प्रदेशमा सरुवा रोग अस्पताल शिलान्यास गर्ने कार्यक्रम मंसिर १५ गतेबाट सुरु गरेको छ ।
तपाईँको अभिमत