परीक्षण गर्ने ल्याबले होम आइसोलेसनका संक्रमितलाई परामर्श दिनु
काठमाडौं । अब कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले नै रिपोर्ट पोजेटिभ आएका संक्रमितहरुको अवस्था बुझ्न टेलि काउन्सिलिङ गर्नुपर्ने भएको छ ।
होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था टेलि कम्युनिकेशन मार्फत बुझ्न सम्वन्धित कोभिड प्रयोगशाला, मेडिकल कलेज र अस्पताललाई नै जिम्मा दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना पोजेटिभ रिपोर्ट आएका संक्रमित जो घरमा नै बस्छन्, उनीहरुको स्वास्थ्य अवस्था बुझ्न प्रयोगशाला सञ्चालन गरेका अस्पताल र मेडिकल कलेजले टेलि कम्युनिकेशन गर्नुपर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यो निर्णय इन्सिडेन्ट कमाण्ड सिस्टमले गरेको हो । यसैगरी अस्पताल बाहेकका कोभिड प्रयोगशालाहरुको हकमा भने स्वाब परीक्षणका लागि पठाउने निजी तथा सरकाी अस्पतालसँग समन्वय गरि संक्रमितको अवस्था बुझ्नुपर्नेछ ।
तपाईँको अभिमत