७६० थपिए, ११ जनाको मृत्यु, ८९९ कोरोनामुक्त
पछिल्लो २४ घण्टामा देशभर ७६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ६३६ र एन्टिजेन परीक्षणबाट १२४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ६ हजार १६८ नमुनाको पीसीआर परीक्षण र ५ हजार ८३३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ३१ गरिएको छ ।
८९९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १५ हजार ३४० छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १ हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ९६३ पुगेको छ ।
हालसम्म ७ लाख ७५ हजार ७२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २२१ पुगेको छ ।
तपाईँको अभिमत