डा. रुना झा नेपालमा कोरोना खोप लगाउने पहिलो महिला हुनुभयो

अ +
अ -
काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा नेपालमा कोरोना खोप लगाउने पहिलो महिला हुनुभएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कोरोना खोप केन्द्र उहाँले खोप लगाउनु भएको हो ।
उहाँसँगै सो केन्द्रमा अस्पतालका निर्देशक सागर राजभण्डारी र डा. अनुप बास्तोलाले पनि खोप लगाइसक्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मर्चुअल माध्यमबाट काेभिड खोप अभियानको सुभारम्भ गर्नुभएसँगै देशभर खोप अभियान सुरु भएको छ ।
देशभरका ६२ अस्पतालका १२० खोप केन्द्रबाट आज १२ हजार जनालाई खोप प्रदान गरिने बताइएको छ । भारतले उपलब्ध गराएको कोभिसिल्ड खोप नेपालमा आपतकालिन प्रयोग गर्न थालिएको हो ।
तपाईँको अभिमत