बीएण्डसी अस्पतालका कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अ +
अ -
झापास्थित बीएण्डसी अस्पतालका एक कर्मचारीले आत्महत्याको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा अनुसार विजय चौधरी नामका ती व्यक्तिले बिर्तामोडको मुक्तिचोक मंगलबार दिउँसो ४ बजे शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
बिर्तामोड–७ निवासी ३४ वर्षीय चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। चौधरी अस्पताल सञ्जालक दुर्गा प्रसाईंको सहयोगीका रूपमा रहेका थिए।
पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका चौधरीलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी अटोमा बीएण्डसी अस्पताल लगेका थिए।
चौधरीको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।
आत्मदाहको प्रयास गर्नुको कारण नखुलेको प्रहरीको भनाइ छ ।
तपाईँको अभिमत