अत्यावश्यक सेवामा खटिएकालाई आजदेखि चिनियाँ कम्पनीको खोप लगाइँदै
काठमाडौं । चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई आजदेखि चिनियाँ कम्पनीको कोरोना खोप लगाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिनियाँ कम्पनीको कोभिड खोप भेरो सेल अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई लगाउन लागेको हो ।
मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउने निर्णय गरेको छ । तोकिएका नागरिकले खोप केन्द्रमा गएर कोभिड विरुद्धको खोप लगाउन सक्ने छन् ।
स्वास्थ्यकर्मी, फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ ।
कोरोना संक्रमण बढेपछि सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । २५ जनाभन्दा बढी भेला हुने स्थानमा कम्तीमा पनि २ मिटरको भौतिक दूरी कायम राख्न आग्रह गरेको छ ।
हाल देशका अधिकांश अस्पतालहरुमा कोरोनाका बिरामीको चाप बढेको छ । हिजो सोमबार मात्र कोरोनाका कारण नेपालमा १३ जनाको मृत्यु भएको छ ।
तपाईँको अभिमत