जागिरेको तनाव हटाउने ५ तरिका
एक अध्ययनका अनुसार कार्यालय जाने ५ मध्ये ४ जना जागिरेलाई तनावका कारण विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन्छन् । टाउको दुख्ने, पेटमा असहज हुने, अनिन्द्रा हुने , थकाइ लाग्ने जस्ता समस्या जागिरे मानिसहरुलाई देखिने गरेको छ । धेरै मानिसहरु तनावले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे जानकार छैनन् ।
काम पछि आराम गर्ने थुप्रै तरिकाहरु छन् यसबारे पनि धेरैलाई थाहा छैन । यी काम गर्नाले कामपछि हुने तनावमा कमी आउनेछ ।
- सन्तुलित खाना खाँदा तनाव कम हुन्छ । फाइबरयुक्त खाना, फलफुल र सागसब्जी खानपर्छ ।
- संगीत सुन्दा पनि तनाव कम भएको महसुस गर्न सकिन्छ । संगीतले मन शान्त हुन्छ । कामपछि आफ्नो मन पर्ने गीत सुन्ने गर्दा पनि मन हलुका हुुन्छ । मनपर्ने गीत सुन्दा तपाईलाई निदाउन मद्धत गर्दछ ।
- तातोपानीले नुहाउँदा पनि तनाव कम हुन्छ । तातो पानीले रक्त सञ्चारमा सुधार ल्याउँछ, मांसपेशीलाई आराम गर्न सघाउँछ ।
काम पछि लेख्ने बानी गर्दा तनाव कम हुन्छ । आफूलाई लागेकोे कुराहरु नोटबुकमा लेख्ने बानी गर्दा पनि केहीहदसम्म तनावबाट मुक्ती भइन्छ ।
- लामो सास फेर्ने र ध्यान बस्दा तनावबाट मुक्त हुन सकिन्छ । सास फेर्दा पेटमा हावा प्रवेशको कल्पना गर्नसकिन्छ । सास शरीरमा कहिले र कसरी प्रवेश गर्छ र बाहि।र निस्कन्छ भन्ने कुरामा केन्द्रित हुँदा शरीर र दिमागमा बढेको प्रभावलाई राम्रोसँग महसुस गर्न सकिन्छ।
टाइम्स अफ इण्डियाबाट।
तपाईँको अभिमत