काठमाडौं उपत्यकामा ४६० जना संक्रमित थपिए, ७२७२ आइसोलेसनमा

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थपिएका १०२४ संक्रमितमध्ये ४६० जना उपत्यकाका रहेका छन् ।
अहिले काठमाडौं उपत्यकामा ७ हजार २७२ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये काठमाडौंमा ५६५१, भक्तपुरमा ४९३ र ललितुरमा ११२८ जना आइसोलेसनमा रहेका छन् । २४ घण्टामा देशभर ६ हजार ७४ जनाको पीसीआर परीक्षण हुँदा ४६० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख २४ हजार ५३जना निको भएका छन् । २४ घण्टामा २२०६ संक्रमित काेराेनामुक्त भएका छन् ।
यस्तै १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ५७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।
सक्रिय संक्रमितमध्ये ३१२ जना आइसियु र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् भने ९ हजार २६३ जना होम आइसोलेसनमा रहेका छन् ।
तपाईँको अभिमत