६,४९१ परीक्षण गर्दा ९१२ लाई कोरोना, २ जना भेन्टिलेटरमा

अ +
अ -
पछिल्लो २४ घण्टामा ९१२ नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयले दिएको विवरण अनुसार पीसीआरबाट ५२९ र एन्टिजेन परीक्षणबाट ३८३ जनामा कोरोना पुष्टि भएको हो ।
२४ घण्टामा २९४१ पीसीआर र ३५५० एन्टिजेन गरी ६४९१ कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
३७० जना कोरोनामुक्त भएका छन्। २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।
सक्रिय संक्रमितको संख्या ५७६० पुगेको छ । मन्त्रालयका अनुसार यी मध्ये ५५८७ जना होमआइसोलेसनमा रहँदा १७३ जना संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ ।
४४ जनाको आइसीयूमा राखी उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यस मध्ये २ जनालाई भेन्टलेटरमा राखिएको छ।
तपाईँको अभिमत