सभामुख, सांसद र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिने
अ +
अ -
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ ।
आउँदो वैशाख २७ गते संसद अधिवेशन बोलाइएकाले सांसद र कर्मचारीहरूको कोरोना परीक्षण गर्न लागिएको हो । भोलि र पर्सी अथात् वैशाख २२ र २३ गते पीसीआर परीक्षणका लागि तालिका सार्वजनिक भएको छ ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नयाँ बानवेश्वरस्थित् संसद भवनमा अनिर्वाय उपस्थित हुन अनुरोध गरिएको छ ।
तपाईँको अभिमत