मधुमेह भएका बिरामीले भात खानै नमिल्ने हो ?(भिडियो)
मधुमेह भएका बिरामीले कस्ता खानेकुरा खाने कस्ता नखाने भन्ने कुरामा धेरै अलमल भइरहेको हुन्छ। प्राय बिरामीहरुले भात खानै नहुने भन्दै रोटी, ढिँडो जस्ता खानेकुरा मात्रै खाइरहेका हुन्छ।
भात नखादैमा मात्रै मधुमेह नियन्त्रणमा रहने हो त ? यसबारे आहार तथा पोषणविद् योगिता सापकोटाले हेल्थपाटीसँगको कुराकानीमा दिनुभएको जानकारी तल प्रस्तुत छ।
कतिपय बिरामीहरु के भन्दै आउनुहुन्छ भने–मैले भात नखाएको धेरै भयो तैपनि मधुमेह नियन्त्रण भएन। पहिलो नम्बरमा मधुमेहका बिरामीले के कुरामा ध्यान दिनुपर्छ भने उचाइअनुसार तौल छ कि छैन। तौललाई ठिक अवस्थामा राख्नुपर्यो। हामीले गर्ने शारीरिक गतिविधिका आधारमा आवश्यक ठिक्क मात्रामा खानेकुरा खानुपर्यो।
जस्तो एउटा दिनभर टेबलमा बसेर काम गर्ने मान्छेको एक खालको आवश्यकता हुन्छ भने। भारी बोक्ने मान्छेको छुट्टै आवश्यकता हुन्छ। यसरी आवश्यकताभित्र रहेर खानेकुरा खानुपर्छ।
अर्काे भनेको खानेकुराको छनोटमा ध्यान दिनुपर्छ। अग्रेजीमा ‘ग्लाइसेमिक इन्डेक्स’ भनिन्छ। खानेकुराको एउटा गुण, तथा विशेषता हुन्छ। कुन खानेकुरा खादा कुन मात्रामा रगतमा ग्लुकोजको मात्रा बढाउछ भन्ने।
मधुमेह भएका बिरामीले यस्तो खानेकुरा खानुपर्यो, जसले रगतमा ग्लुकोजमा मात्रा ढिला गरि बढाउँछ। खानेवित्तिकै ह्वात्त बढ्ने खालको खानुभएन।
यसमा कस्तो खानेकुरा भन्दा जस्तै–चिनी, प्रशोधित पिठो, सख्खर, मह जस्ता खानेकुरा खानु भएन। आलु, पिडालु, सखरखण्डहरु जस्ता खानेकुराले तत्काल रगतमा ग्लुकोचको मात्रा बढउँछ।
त्यही अन्न अलि बोक्रा भएको पिठो खानुभयो भने फलमा पनि बोक्रो भएको सिंगै फल खानुभयो भने रगतमा ग्लुकोचमा मात्रा बिस्तारै बढ्छ। त्यही फलफुल जुस बनाएर खानुभयो भने रगतमा ग्लुकोजको मात्रा छिट्टै बढ्छ।
मधुमेह भएका व्यक्तिले भातै खानु नहुने अथवा रोटी मात्र ढिडो मात्र खानुपर्ने भन्ने होइन। रोटी र ढिँडो मात्रै खाएर सुगर नियन्त्रण हुँदैन। त्यही रोटी र ढिँडो पनि आवश्यकता भन्दा धेरै खानुभयो भने शरीरमा चिनीमा मात्रा नियन्त्रण हुँदैन।
तपाईँको अभिमत