अत्यधिक गर्मीका कारण पेटमै बच्चाको मृत्यु हुने जोखिम दोब्बर
अत्यधिक गर्मीका कारण बच्चा खेर जाने जोखिम दोब्बर हुने एक अध्ययनले देखाएको छ । भारतमा गरिएको अध्ययनअनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै बच्चाको मृत्यु हुने जोखिम दोब्बर देखिएको हो ।
अध्ययनमा भारतको दक्षिणी राज्य तामिलनाडूका ८०० गर्भवती महिलाले भाग लिएका थिए। चेन्नईस्थित श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्चले गरेको उक्त अध्ययन सन् २०१७ मा थालिएको थियो।
त्यसमा भाग लिने महिलामध्ये करिब आधा महिलाहरू कृषि, इँटा भट्टा र नुन नै नुन भएको जमिन जस्तो चरम गर्मीमा काम गर्ने गरेका थिए । बाँकी महिला भने विद्यालय, अस्पतालजस्ता तुलनात्मक रूपमा गर्मी कम हुने ठाउँमा काम गर्थे।
मानव शरीरका लागि कति गर्मीलाई चरम गर्मी भन्ने भनेर तोकिएको छैन।
अध्ययनले गर्भवती महिलाका बारे चिन्ता थपिएको अध्ययनकर्ताहरूले बताएका छन् ।
(बीबीसी)
तपाईँको अभिमत