घाँटीमा ढुङ्गा अड्किएर १६ महिने बालकको मृत्यु
अ +
अ -
काठमाडौं । घर आँगनमा खेल्ने क्रममा मुखमा ढुङ्गा हाल्दा घाँटीमा ढुङ्गा अड्किएर कञ्चनपुरमा १६ महिने बालकको मृत्यु भएको छ ।
बेदकोटनगरपालिका ९ सुन्दरपुरमा १६ महिने बालक साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता अमरबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किएको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि बालकलाई कैलालीको धनगढी रेफर गरिएकोमा उपचारका क्रममा हिजो राती बालकको मृत्यु भएको थापाले बताउनुभयो ।
तपाईँको अभिमत