काठमाडौं उपत्यकामा थप १५३८ जनालाई संक्रमण पुष्टि
अ +
अ -
केही दिनयता देशभर कोरोना भाइरस संक्रमणदर बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनालाई संक्रमण पुष्टि भएको छ जसमा आधा संक्रमित काठमाडौं उपत्यकाकै रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राका अनुसार काठमाडौंमा १ हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जनालाई संक्रमण पुष्टि भएको छ ।
अहिले सक्रिय संक्रमित ११ हजार ६९० रहेका छन् ।
तपाईँको अभिमत