उपत्यकामा १० दिन निषेधाज्ञा थप, जुलस गर्न रोक (आदेशसहित)
काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि १० दिन थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थपिएको निषेधज्ञामा प्रावधानहरु यसअघिकै छन् । सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, मनोरञ्जनस्थल बन्द नै रहनेछन् ।
यस्तै खुला स्थानमा मानिसहरु भेला हुन नपाउने, जुलुस, जात्रा, महोत्सव, भोजभत्तेर गर्न नपाउने तथा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पाइने छैन ।
सवारी साधन तथा अन्य पसलहरु सवस्थ्यमा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्नभन्दै उपत्यकामा गत वैशाख १६ गतेदेदि निषेधाज्ञा जारी छ । तर अहिले निषेधाज्ञा खुकुलो बनाइएको छ ।
सूचना_20210725_0001
तपाईँको अभिमत