अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिदै, आज देशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना
हाल स्थानी वायुसँगै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिउँसो पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसका साथै मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै यी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत