नेपालमा एन्टीबडी परीक्षण सुरु, विगतमा कोरोना भए /नभएको थाहा हुने

काठमाडौं । बिना लक्षण नै कोरोना भाइरस संक्रमण भइरहँदा कतिपय व्यक्तिहरु संक्रमित भएको थाहै नपाई निको भइसकेको हुनसक्ने विज्ञहरुले बताउदै आएका छन् । आफु संक्रमित भएको पत्तो नपाई कोरोनामुक्त भइसकेको भएपनि अब परीक्षण मार्फत विगतमा संक्रमण भए / नभएको थाहा हुने भएको छ ।
नेपालमा नै पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एन्टीबडी टेस्ट सुरु गरिएको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँले आजबाट प्रयोगशालाले एन्टीबडी टेस्टको थालनी गरेको बताउदै अन्य सरकारी प्रायेगशालामा पनि सेवा विस्तार गरिने बताउनुभयो ।
‘नेपालमा नै पहिलो पटक एन्टीबडी टेस्ट सुरु भएको छ, हामी रगतको नुमना लिई परीषक्ष गर्नेछौ यसबाट विगतमा थाहै नपाई संक्रमित भएको रहेछ भनेपनि पत्ता लाग्नेछ,गुप्ताले भन्नुभयो । ’
उहाँले टोटल एन्टीबडी परीक्षण मार्फत विगतमा कोरोना संक्रमण भई निको भएका व्यक्तिहरुले शरीरमा कति मात्रामा एन्टीबडी विकास भएको थाहा पाउन सकिने गुप्ताले जानकारी दिनुभयो । उहाँले अमेरिकाको खाद्य प्रविधिबाट मान्यता प्राप्त रसायन तथा स्वचालित मेशिनबाट नमुनाको परीक्षण हुने जानकारी दिदै दिनमा एक हजार जना सम्मको परीक्षण गर्न सकिने बताउनुभयो ।
अघिल्लो दिनमा दिइएको नमुनाको रिपोर्ट भोलिपल्ट आउने उहाँले जानकारी दिनुभयो । आइतबारदेखि शुक्रबार बिहान ८ देखि मध्यान्ह १२ बजेसम्म नमुना संकलन गरिनेछ र परीक्षण शुल्क १ हजार लाग्ने प्रयोगशालाले जनाएको छ ।
तपाईँको अभिमत