आज दिउँसो देशभर बदली, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

अ +
अ -
आज दिउँसो देशभर नै मौसम बदिली हुने देखिएको छ । मौसम पूर्वानुमानका अनुसार कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
ती स्थानहरूमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको छ ।
देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति पनि पहाडी भूभागमा मौसम बदली रहने सम्भावना रहेको छ । मुलुकको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।
तपाईँको अभिमत