विश्वका १०० प्रभावशाली नर्स तथा मिडवाइफमा पर्न सफल नेपालका ४ जना सम्मानित

काठमाडौं । विश्वका १०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचिमा पर्न सफल नेपालकी ४ जना नर्स र मिडवाइफलाई फेक्ट नेपाल र काठमाडौं मोडल स्कुल अफ नर्सिङले सम्मान गरेका छन् ।
फेक्ट नेपाल र काठमाडौं मोडल स्कुल अफ नर्सिङले संयुक्त रुपमा एक कार्यक्रमका बीच उहाँहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनुभएका चारै जना नर्सले आफुहरु सम्मानित हुन पाउँदा हर्षित भएको भन्दै अबका दिनमा आफ्नो जिम्मेवारी झनै बढेको बताउनुभयाे । आफुहरु सधै बिरामीको सेवामा लाग्ने उहाँहरुले बताउनुभयो ।
नर्स तथा मिडवाइफको अन्तराष्ट्रिय बर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तराष्ट्रिय नर्सिङ परिषद् तथा अन्तराष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा २ जना नर्स र २ मिडवाइफलाई गत पुसमा ४ जना नर्सलाई १०० प्रभावशाली नर्स तथा मिडवाइफमा सूचिकृत गरेको थियो ।
४३ देशका ३०० भन्दा बढी नर्स तथा मिडवाइफको नाम सिफारिस भएकोमा नेपालको तर्फबाट ४ उहाँहरुलाई सूचिकृत गरिएको हो ।
१०० प्रभावशाली नर्स तथा मिडवाइफको सूचिमा नर्स दुर्गा सापकोटा, शुस्मा योञ्जन, मिडवाइफ प्रशंसा बुढा र रुक्मीनि त्रिपाठी रहनुभएको छ । दुर्गा ९ वर्षदेखि क्लिनिकल र जनस्वास्थ्य क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।
उहाँ प्रजनन स्वास्थ्य,मातृशिशु,नवजात शिशु स्याहारमा अनुभवी हुनुहुन्छ । दुर्गा युवा नर्स, जो प्रसुती सेवा तर्फबाट सूचिकृत हुनुभएको हो । यस्तै प्रशंसा नेपालकी पहिलो मिडवाइफ ब्याचकी हुनुहुन्छ ।
उहाँ मिडवाइफ अन्तर्गत सूचिकृत हुनुभएको हो । यस्तै रुक्मिनी पनि मिडवाइफ अन्तगर्त १०० प्रभावशाली नर्स तथा मिडवाइफमा छानिनुभएको हो । शुस्मा क्लिनिकल र समुदायस्तरमा नर्सको रुपमा कार्यरत हुनुहुन्छ ।
तपाईँको अभिमत