कोरोना महामारीमा क्यान्सरका बिरामीको व्यवस्थापन

चिकित्सकहरुका लागि चुनौतीपूर्ण काम हो,किनकी क्यान्सरका कारण मृत्यु हुने जोखिम बढी रहेको छ ।
सन् २०१९ को अन्त्यतिर निमोनिया गराउने कोरोना भाइरसको पहिचान चीनमा गरियो । जसलाई कोभिड–१९ नाम दिइयो । पछि तीव्र गतिमा फैलिएर यसले विश्व महामारीको रूप लियो ।
तीव्र गतिमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य क्षेत्रसहित विश्वका सबै नागरिकलाई प्रभाव पारेको छ । यसको फैलावटलाई कम गर्ने पहिलो उपाय भनेको सामाजिक दूरी कायम गर्नु, बेलाबेलामा हात धुनुका साथै समूहमा बस्दा मास्कको प्रयोग गर्नु हो । त्यस्तै सकेसम्म घरमै रहेर दैनन्दिन क्रियाकलाप गर्दा यसको फैलावट तीव्रता कम गर्न सकिन्छ ।
एन्टी क्यान्सर उपचारसँग सम्बन्धित समस्याहरू यस महामारीको बखत क्यान्सरका बिरामीहरुका लागि स्वास्थ्य सेवा प्रदान गर्नु चिकित्सकहरुका लागि चुनौतीपूर्ण काम हो,किनकी क्यान्सरका कारण मृत्यु हुने जोखिम बढी रहेको छ । यही कोभिड–१९ बाट मृत्यु वा गम्भिर जटिलताहरुको उच्च जोखिम पनि छ । क्यान्सर बिरामीहरु जस्तो इम्युनोकोम्प्रोमिज्ड बिरामीहरुमा कोभिड –१९ को अधिक प्राण घातक हुन सक्छ ।
अहिले अस्पतालहरूले आफ्ना दैनिक सेवाहरू बन्द गरी कोरोना विशेष उपचारमा लागेकाले क्यान्सर रोगीहरूले बेलैमा उपचार पाउन मुस्किल परिरहेको छ ।
अझ भन्नुपर्दा, स्वास्थ्य सेवा प्रदान गर्नेलाई अपर्याप्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), सघन उपचार कक्ष (आईसीयू)सहित अस्पतालका सीमित बेडहरू तथा अन्य परीक्षण सेवाहरूले उपचारलाई अप्ठ्यारो र जटिल बनाएका छन् ।
यति मात्र नभएर अस्पतालहरूले केमोथेरापी र रेडिएसन थेरापी लगायतका सेवाहरू पनि बन्द गरेका छन् । समयमै केमोथेरापी तथा सर्जरी वा रेडिएसन थेरापी दिएर उपचार गर्न सकिने किसिमको क्यान्सर रोगीलाई पनि कोरोना संक्रमण भएमा उपचारको औचित्य नहुने चिन्ता पनि उत्तिकै देखिन्छ ।
अझ भन्नुपर्दा, स्वास्थ्य सेवा प्रदान गर्नेलाई अपर्याप्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), सघन उपचार कक्ष (आईसीयू)सहित अस्पतालका सीमित बेडहरू तथा अन्य परीक्षण सेवाहरूले उपचारलाई अप्ठ्यारो र जटिल बनाएका छन् ।अहिले कोभिड–१९ आधारित भएर अस्पताल तथा क्लिनिकहरूमा उपलब्ध सीमित स्रोत र साधनको भरमा क्यान्सरको उपचार तथा दिशानिर्देश गर्नुपर्ने अवस्था छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्वास्थ्य निर्देशनअनुसार संक्रमण फैलिरहेका क्षेत्रका कम जोखिम भएका बिरामीको फलोअप मिति अस्पताल वा क्लिनिकहरूले पछि सार्न सक्छन् । यस्तो अवस्थामा क्यान्स बिरामी र रेखदेख गर्ने दुबैलाई कोरोनाको जोखिम कम गर्न भर्चुअल माध्यमको प्रयोग गर्न सकिन्छ ।
यसका लागि चिकित्सक र बिरामीको सहकार्यमा भिडियो वा फोन मार्फत् सेवा लिन सकिन्छ । बिरामीलाई कुरुवा अत्यावश्यक भएको खण्डमा विशेष रणनीति अपनाई सामाजिक दूरी कायम गराउन सकिन्छ । उदाहरणका लागि प्रतिक्षा गर्ने कोठामा धेरै समय नकुर्ने, बिरामीलाई हेर्न आउने शुभचिन्तक वा आफन्तलाई आउन नदिने तथा सकेसम्म इमेर्जेन्सी विभागमा जान नदिने जस्ता उपाय अवलम्बन गर्न सकिन्छ ।
वर्तमानमा,कुनै प्रमाण छैन कि कोभिड–१९ ले क्यान्सरको निदान वा स्टेजिङगमा प्रभाव पार्दछ ।
क्यान्सरको अवस्था (स्टेज) पत्ता लगाउने डाक्टरले अग्रगामी निर्देश सहित विशेष गरि कोभिड –१९ संक्रमित वा उन्नत क्यान्सर हुनेहरुका लागि हेरचाह अग्रिम हेरचाह योजनाको लक्ष्यहरुको बारेमा छलफल गर्नुपर्दछ । वर्तमानमा,कुनै प्रमाण छैन कि कोभिड–१९ ले क्यान्सरको निदान वा स्टेजिङगमा प्रभाव पार्दछ ।
भर्खरै पत्ता लागेको क्यान्सर भएको बिरामीमा स्टेजिङग प्रक्रियाहरु र पूर्वउपचार मूल्यांकन सिमित गर्नु उचित छ र केबल तत्काल हेरचाहको खाँचो परेकाहरुलाई प्रदान गर्नुपर्दछ ।
शल्यक्रिया
कोभिड–१९ महामारीका बीच क्यान्सर रोगीको शल्यक्रियामा ढिलाई गर्नुको तात्पर्य उपलब्ध श्रोतको संरक्षण गर्नु, भाइरल फैलनलाई सीमित गर्नु तथा विशेषगरी शल्यक्रियापछि हुने संक्रमण जोखिमलाई कम गर्नु हो । तथापि, यस्तो निर्णयमा रोगीको अवस्था र प्राथमिकता पनि हेर्नैपर्ने हुन्छ ।
जस्तो मष्स्तिष्क ट्युमर साथसाथै स्तन, पेट, अण्डाशय, कोलोन, कलेजो, मुत्राशय, मिर्गौला र फोक्सोको अन्य घातक ट्युमरहरुका बिरामीहरु जो २–३ महिना कुर्न सक्दैनन र यी बिरामीहरुमा शल्यक्रियाबाट फाइदा हुने सम्भावना धेरै रहन्छ। कुनैकुनै मामलामा शल्यक्रिया पछि सार्न निओएडजभन्ट थेरापी प्रयोग गरिन्छ ।
उदाहरणका लागि मलाशयको क्यान्सर भएको रोगीलाई केमोरेडियो थेरापी प्लस अपफ्रन्ट केमोथेरापी दिन सकिन्छ । यसलाई पुरा निओएडजभन्ट थेरापी भनेर चिनिन्छ । यसरी केमोरेडियो थेरापी मात्र दिनुभन्दा दुई किसिमको थेरापी गराएर शल्यक्रिया पछि सार्न सकिन्छ ।
यसका अतिरिक्त, निश्चित शल्यक्रियाको ढिला गर्नुका साथ ट्यूमरको वृद्धिको अवस्था, अस्पतालको अतिरिक्त स्रोतको साधनको अवस्था, बिरामीको जटिलता तथा कोभिड–१९ को सम्पर्कको जोखिमको लेखाजोखा गर्न पनि जरुरी हुन्छ । यद्यपी नियोएडजुभन्ट थेरापी जसलाई क्लिनिक जाुनपर्ने आवश्यक पर्दछ ।
उपचारात्मक आशयको साथ वा छिटो प्रगतिशिल ट्युमरहरुको लागि रेडिएशन थेरापी लिइरहेका बिरामीहरु उचित रुपमा उपचारको साथ अगाडि बढ्न सक्छ,किनकी उपचारमा ढिलाई हुने जोखिम कोभिड–१९को खतराभन्दा बढी हुन्छ
क्लिनिशीयन बिरामी सम्पर्कको आवश्यक पर्दछ र यसको प्रतिरोधात्मक प्रभाव बिरामीका लागि सम्भावित वृद्धिशील जोखिमहरुको साथ पनि हेर्नुपर्दछ ।
रेडिएसन थेरापी
उपचारात्मक आशयको साथ वा छिटो प्रगतिशिल ट्युमरहरुको लागि रेडिएशन थेरापी लिइरहेका बिरामीहरु उचित रुपमा उपचारको साथ अगाडि बढ्न सक्छ,किनकी उपचारमा ढिलाई हुने जोखिम कोभिड–१९को खतराभन्दा बढी हुन्छ । जहाँ उपलब्ध छ,वैकल्पिक रेडिएसन थेरापी क्यान्सर बिरामीहरुलाई दिइनु पर्दछ ।
अन्तर्राष्ट्रिय स्वास्थ्य दिशानिर्देशनअनुसार कोभिड–१९ का महामारीमा निको हुन सक्ने किसिमको मलाशय क्यान्सरका बिरामीलाई लामो कोर्स दिइने केमोथेरापीको ठाउँमा शल्यक्रिया गर्नु पहिले छोटो कोर्स रेडिएसन थेरापीलाई प्राथमिकता दिनुपर्छ ।
उदाहरणका लागि रेडिएसन थेरापी लिइरहेका बिरामीको थेरापी निरन्तर गर्नका लागि निकै सुझबुझका साथ गर्नुपर्ने हुन्छ । खासगरी थेरापी निरन्तर गर्ने निर्णय लिँदा सावधानीपूर्वक रोगको अवस्था, पहिले नै लिएको डोज र जोखिम अनि फाइदालाई केलाउनुपर्छ ।
केमोथेरापी वा इम्युनोथेरापी
यदि बिरामीमा कोभिड–१९ छैन भने केमोथरापी वा इम्युनोथरापी परिवर्तन गर्ने वा रोक्ने सिफारिस गरिँदैन । यद्यपी सबै क्यान्सर बिरामीहरुलाई उपचारका क्रममा होशियारीका साथ हेर्नुपर्दछ । किनकी तिनीहरुको प्रतिरक्षा प्रणाली सामान्य व्यक्तिको भन्दा कमजोर हुन्छ ।
कोभिड–१९ बाट बचाउन र उपचार लिइरहेका व्यक्तिमा उपचार कटौती गर्दा हुने हानिबीचको सन्तुलन निकै अनिश्चित छ । अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी ले स्वास्थ्य उपचारको निर्णयलाई उपचार ढिलो गर्दा हुन सक्ने असरलाई व्यक्तिगत बनाउन सिफारिस गरेको छ ।
त्यस्तै उपचार हुन सक्ने क्यान्सर तथा पहिले नै लिएको थेरापी डोजका आधारमा निर्णय लिन पनि सिफारिस गरेको छ । स्थानीय रूपमा भाइरल फैलिएको तथा आवश्यक स्रोतहरूको उपलब्धता अनि कोभिड–१९ को परीक्षण एवम् अवस्थालाई समेत ध्यानमा राख्नुपर्छ ।
यस समय, कोभिड–१९ को गम्भीरतालाई प्रतिरक्षा थेरापीले असर गर्नेमा विवादात्मक विचार आएका छन् । प्रतिरक्षा थेरापीले कोभिड–१९को क्लिनिकल कोर्सलाई बढावा दिनसक्छ कि भन्ने चिन्ता छ । यस्तो उपचार पद्धतिको कोभिड–१९ मा साइड इफेक्टहरूको पनि अर्को चासो बनेका छन् ।
विशेष चासो चाहिँ निमोनियासँग सम्बन्धित उपचार हो, जसले कोभिड–१९ भएको बिरामीमा अझ गम्भीरता र जटिलता निम्त्याउँछ । कोभिड–१९ संक्रमण भएका बिरामीको प्रतिरक्षा थेरापी कोभिड–१९ को उपचार नभएसम्म स्थगित गर्नुपर्छ।
सबक्यूटेनियस पोर्ट (नसा नली प्रत्यारोपण)को व्यवस्थापन
आफ्नो र परिवारको स्वास्थ्यकाबारे चिन्ता, हरेक दिनको कामको चाप थपिने तथा कोभिड–१९ को प्रतिक्रिया लगायतका कारण उनीहरू निकै जोखिममा रहेका छन् ।
खासगरी सबक्यूटेनियस पोर्ट अर्थात् नसा नली प्रत्यारोपण हरेक चारदेखि छ हप्ताभित्र सफा गर्नुपर्छ । कतिपय तथ्यांकले भने वयस्क क्यान्सर बिरामीमा हरेक १२ हप्ताभित्र सफा गर्न सुरक्षित र प्रभावकारी हुने देखाएका छन् ।
अन्त्यमा, विभिन्न कारणले कोभिड–१९ महामारीमा चिकित्सकहरू निकै जोखिममा रहेका छन् । साथीभाइ तथा परिवारबाट टाढिएर बस्नुपर्ने, आफ्नो र परिवारको स्वास्थ्यकाबारे चिन्ता, हरेक दिनको कामको चाप थपिने तथा कोभिड–१९ को प्रतिक्रिया लगायतका कारण उनीहरू निकै जोखिममा रहेका छन् ।
यसरी कोभिड–१९ सँग सम्बन्धित समाचारहरूबाट आफ्नो ध्यान बाहिर निकाल्न चिकित्सकहरूलाई सुझाव दिइएको छ । त्यस्तै उनीहरूले कामको चापलाई कम गर्ने तथा विश्राम लिनुपर्ने पनि सुझाव गरिएको छ ।
(लेखक कलेजो प्रत्यारोपण शल्यचिकित्सामा पीएचडीसंगै पोष्ट डाक्टरेट फेलोशीप गर्नुभई हाल चीनको चच्यांग विश्वविद्यालय सम्वद्ध अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
तपाईँको अभिमत